Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

समाचार प्रभाव : हेटौँडाका बैंकलाई राष्ट्र बैंकको निर्देशन, आवश्यकता अनुसार नयाँ नोट लिन बोलाइयो


दशैंका लागि नयाँ नोट सटही गर्न नपाउँदा हेटौँडाका सर्वसाधारणले सास्ती खेप्नुपरेको समाचार प्रकाशित भएपछि नेपाल राष्ट्र बैंक वीरगञ्जले हेटौँडाका सम्पूर्ण बैंकलाई आवश्यकताअनुसार नयाँ नोट लिन आउन निर्देशन दिएको छ।

ADVERTISEMENT

नेपाल राष्ट्र बैंक वीरगञ्जका प्रमुख सञ्जीवकुमार झाले हेटौँडाका बैंकहरूलाई भोलि बिहानै आवश्यक परेजति नयाँ नोट लिन आउन र सर्वसाधारणलाई सास्ती नहुने गरी वितरण गर्न निर्देशन दिएका हुन्।

हेटौँडाका अधिकांश बैंकमा नयाँ नोट उपलब्ध नभएपछि सर्वसाधारण बैंक पुगेर रित्तो हात फर्किनुपरेको विषय सार्वजनिक भएको थियो। दशैंमा नयाँ नोट साट्नकै लागि वीरगञ्ज पुग्नुपर्ने बाध्यता रहेको गुनासोसमेत बढेपछि राष्ट्र बैंकले हेटौँडाका बैंकहरूलाई नयाँ नोट उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो। यसअघि राष्ट्र बैंक वीरगञ्जका प्रमुख झाले बैंकहरूको मागअनुसार नयाँ नोट उपलब्ध गराउँदै आएको बताएका थिए।

सम्बन्धित बैंकको वीरगञ्जस्थित कार्यालयमार्फत शाखाहरूमा वितरण गर्न मागबमोजिम नोट पठाइएको उनको भनाइ थियो। तर, हेटौँडाका बैंकमा नयाँ नोट नपाएको सर्वसाधारणको गुनासो सार्वजनिक भएपछि राष्ट्र बैंकले पुनः चासो देखाएको हो। राष्ट्र बैंकले हेटौँडाका बैंकहरूलाई आवश्यकताअनुसार नयाँ नोट लिन बोलाएसँगै अब सर्वसाधारणले सहज रूपमा नोट साट्न पाउने अपेक्षा गरिएको छ। बैंकहरूले पनि नयाँ नोट वितरण गर्दा नागरिकलाई अनावश्यक दुःख नदिई सहज सेवा उपलब्ध गराउनुपर्नेछ।

दशैंको मुखमा नयाँ नोट साट्न बैंक धाउँदा पनि सेवा नपाएका नागरिकका लागि राष्ट्र बैंकको पछिल्लो निर्देशनले राहत पुग्ने अपेक्षा गरिएको छ।

यो पनि 

दशैंमा नयाँ नोट साट्न हेटौँडामा सास्ती, वीरगञ्ज पुग्नुपर्ने बाध्यता


प्रकाशित मिति : बुधबार, २०८३ अशोज २८, १८ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट