बागमती प्रदेशकी स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बागमती प्रदेश सरकारकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको सरुवा भएको छ। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डा. गौतमलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।
डा. गौतमको सरुवासँगै बागमती प्रदेशको स्वास्थ्य सचिव पद रिक्त भएको छ। उक्त पदमा हालसम्म नयाँ सचिव नियुक्त गरिएको छैन।
स्त्रीरोग विशेषज्ञसमेत रहनुभएकी डा. गौतम संघीय सरकारअन्तर्गतको दरबन्दीमा कार्यरत हुनुहुन्छ। उहाँ २०८१ साल पुस ११ गतेदेखि बागमती प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी सम्हाल्दै हेटौँडामा कार्यरत रहनुभएको थियो।
डा. गौतमको सरुवापछि बागमती प्रदेशको स्वास्थ्य सचिव पदमा नयाँ सचिव नियुक्त गरिएको छैन।
प्रकाशित मिति : बुधबार, २०८३ कार्तिक ११, १४ :१५ बजे
















प्रतिक्रिया