Techie IT
  • २३ कात्तिक २०८३, सोमबार
Hetauda Khabar
  • २३ कात्तिक २०८३, सोमबार

काठमाडौंँबाट हेटौंडा आउँदै गरेको EV गाडी दुर्घटना,चार जनाको मृत्यु, चार घाइते


मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय सवारी (EV) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र. ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक EV गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरा क्षेत्रमा सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा चालकसहित चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक प्रहरी विवरणमा उल्लेख छ। दुर्घटनामा चार जना घाइते भएका छन्, जसमा दुई महिला र दुई पुरुष रहेका छन्।

घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जना महिला घाइतेलाई हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जना प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसमेत उद्धार तथा व्यवस्थापनका लागि परिचालन भएको थियो।

प्रहरीका अनुसार गाडीमा चालकसहित ८ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा मृतक र घाइतेको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति : मङ्लबार, २०८३ भदौ ३०, १७ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट