Techie IT
  • २४ कात्तिक २०८३, मंगलबार
Hetauda Khabar
  • २४ कात्तिक २०८३, मंगलबार

बाढीबाट प्रभावित सुबिसुका ग्राहकलाई ७ दिनको म्याद थप


हालै आएको भीषण बाढीका कारण इन्टरनेट सेवा अवरुद्ध भएका आफ्ना ग्राहकहरूका लागि सुबिसु केबल नेटले ७ दिनको सेवा अवधि (भ्यालिडिटी) थप गरेको छ। बाढी प्रभावित अवधिमा कनेक्सनको म्याद सकिएका ग्राहकहरूलाई राहत र सहजीकरण पुर्‍याउने उद्देश्यले यो निर्णय गरिएको कम्पनीले जनाएको छ।

ADVERTISEMENT

भाद्र १० गते भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा आएको बाढीले बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखु लगायतका स्थानमा सुबिसुको इन्टरनेट सेवा प्रभावित भएको थियो।

सेवा पुन:स्थापनाका विषयमा बोल्दै सुबिसुका प्रमुख सञ्चालन अधिकृत (COO) सुबास अधिकारीले प्राविधिक टोलीहरू फिल्डमा निरन्तर खटिरहेको जानकारी दिए। “हामीले प्रभावित क्षेत्रमा नेटवर्क र इन्टरनेट सेवा यथाशीघ्र सुचारु गर्न तीव्र गतिमा काम गरिरहेका छौं,” उनले भने, “स्थानीय अवस्था र पहुँचलाई ध्यानमा राख्दै प्राविधिक टोलीको सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखेर काम भइरहेको छ।”
​इन्टरनेट सेवा र पुन:स्थापनाबारे जानकारी लिनका लागि प्रभावित ग्राहकहरूले सुबिसुको ग्राहक सहायता केन्द्र (०१-४२३५८८८ / ९८०१२२३५८८८) मा सम्पर्क गर्न सक्नेछन्।


प्रकाशित मिति : मङ्लबार, २०८३ भदौ १६, ०९ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट