मकवानपुरकी सुनिता लुइँटेललाई `ग्लोबल स्टार अवार्ड`
मकवानपुरकी सुनिता लुइँटेललाई संगीत तथा सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘ग्लोबल स्टार’ अवार्ड प्रदान गरिएको छ ।
काठमाडौंमा आयोजित दोस्रो संस्करणको ग्लोबल स्टार अवार्ड २०२६ मा उनलाई “संगीतमा समर्पित सर्वोत्कृष्ट साधक तथा जीवित धरोहर सम्मान” प्रदान गरिएको हो ।
विगत लामो समयदेखि नेपाली गीत–संगीत, रेडियो प्रस्तुति, सांस्कृतिक कार्यक्रम सञ्चालन तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै आएकि लुइँटेललाई नेपाली संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सांगीतिक चेतना विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाहको कदर गर्दै सम्मान गरिएको जनाइएको छ । दक्ष इन्टरनेशनल द्वारा आयोजित कार्यक्रममा कला, पत्रकारिता, शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक सेवासहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
उहाँका विभिन्न गीत तथा प्रस्तुतीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दर्शक–श्रोतामाझ राम्रो प्रभाव पार्दै आएको जनाइएको छ। साथै, नेपाली कला–संस्कृतिलाई विश्वमाझ चिनाउन उहाँको योगदान प्रशंसनीय रहेको सम्मान पत्रमा उल्लेख छ।
सम्मान ग्रहणपछि लुइँटेलले आफूलाई प्राप्त यो सम्मान सम्पूर्ण संगीतप्रेमी, शुभेच्छुक तथा परिवारप्रति समर्पित रहेको बताउँदै आगामी दिनमा पनि नेपाली संगीत र संस्कृतिको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेकि छिन्।
लुइँटेल यसअघि पनि विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेकी छन्। उनले सन् २००० मा मकवानपुर जिल्लाकै उत्कृष्ट गायिकाको सम्मान प्राप्त गरेकी थिइन् भने वि.सं. २०६५ मा चिनारी संगीत पुरस्कार तथा जागरुक महिला सम्मान समेत प्राप्त गरिसकेकी छन् ।
प्रकाशित मिति : आइतवार, २०८३ जेष्ठ ३, १३ :१३ बजे


















प्रतिक्रिया