Techie IT
  • २३ कात्तिक २०८३, सोमबार
Hetauda Khabar
  • २३ कात्तिक २०८३, सोमबार

‎तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सांसद पराजुलीको माग


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। 

ADVERTISEMENT

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पराजुलीले चीन जोड्ने रसुवागढी र कोरला नाका अवरुद्ध हुँदा व्यापारीहरूका हजारौँ कन्टेनरहरू अलपत्र परेको र चीनतर्फको कनेक्टिभिटी पूर्ण रूपमा ठप्प भएको बताए। 

“अहिलेको अवस्थामा तत्कालै सहज रूपमा सञ्चालन गर्न सकिने नाका तातोपानी नाका मात्र हो,” पराजुलीले भने, “चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन नेपाल सरकारले कूटनीतिक पहल गरी तातोपानी नाका सकेसम्म छिटो सञ्चालनमा ल्याउनुपर्छ।” 

‎उनले सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै तातोपानी नाका सञ्चालनका लागि आवश्यक कूटनीतिक कदम चाल्न आग्रह गरे।


प्रकाशित मिति : सोमवार, २०८३ अशोज १२, २१ :२१ बजे

लेखकको बारेमा


प्रतिक्रिया


ताजा अपडेट