सुनको मूल्य तोलामा साढे ७ हजार घट्यो

सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।
जसअनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।
मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया