Techie IT
Hetauda Khabar

हेटौंडामा भोलि ‘एक्सपर्ट एडु फेयर’ हुँदै


एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले भोलि (शनिबार) शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ आयोजना गर्ने भएको छ ।

हेटौंडा–४, पारिजातपथस्थित एक्सपर्टको कार्यालयमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्युजिल्याण्डका ३० बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने एक्सपर्टले जनाएको छ ।

युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने उनले बताए ।

‘उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी अन्यौलमा पर्नुभएको छ भने यो मेला निकै फलदायी हुनेछ, विद्यार्थी तथा अभिभावक प्रत्यक्ष रुपमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग भेटेर जानकारी लिन सक्नुहुनेछ’–अधिकारीले भने ।

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट