Techie IT
Hetauda Khabar

घट्यो सुन चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा आज (बुधवार) पनि सुनको मूल्य घटेको छ । मङ्गलवार को तुलनामा आज सुन प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार चाँदी प्रतितोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट