Techie IT
Hetauda Khabar

बागमतीको मुख्यमन्त्रीको कुर्सीमा बसे शालिकराम जम्मकट्टेल


१५ दिनभित्र समितिले प्रतिवेदन पेस गर्ने सोहि आधारमा मन्त्रालय संख्या टुंगो लगाउने जम्मकट्टेलले बताए ।

हाल भएको प्रदेशको १४ मन्त्रालयलाई घटाएर ९ देखि ११ वटा बनाउन ५ सदस्यीय समिति बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निराैलाकाे संयाेजकत्वमा गठन भएकाे छ ।

समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कानुन सचिव, आर्थिक मामिला तथा याेजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका प्रशासन महाशाखा प्रमुखलगायत पाँच सदस्य रहेका छन् ।

त्यस्तै पुस मसान्त भित्र संघिय सरकारमा पठाउनु पर्ने विशेष र समपुरक आयोजनाहरु पठाउने निर्णय भएको मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिए ।

बागमतीमा निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेकाे कार्यकालमा आठबाट मन्त्रालय संख्या १४ पुर्‍याइएकाे थियाे । प्रदेशले झ्यालै पिच्छे मन्त्रालय राखेको भन्दै  पाण्डे नेतृत्वकाे सरकारकाे चौतर्फी आलोचना भएकाे थियाे । त्यस्तै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसंगै उनले प्रदेशको भार कम हुनेगरी विकासका कामलाई तिब्रता दिएर अघि बढ्ने प्रतिक्रिया दिए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #बागमती प्रदेश, #मुख्यमन्त्री, #शालिकराम जम्मकट्टेल

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट