सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

थाहा कला केन्द्रको निर्माणमा 'आत्महत्या'मा आधारित चलचित्र 'कल्चर'

culture-1542991300.jpg

आखिर किन गर्दछन् मानिस आत्महत्या ? यही विषयबस्तुमा आधारित चलचित्र कल्चर मकवानपुरमा निर्माण भएको छ । लाबा मिडिया प्रालिको ब्यानरमा थाहा कलाकेन्द्रको प्रस्तुति रहेको नेपाली कथानक चलचित्र ‘कल्चर’ को शुक्रबार प्रोमो रिलिज भएको हो । हेटौंडाको न्युज क्लब नेपालमा प्रेसमिटको आयोजना गरी चलचित्रको प्रोमो रिलिज गरिएको हो ।

कार्यक्रममा चलचित्र लेखक÷निर्देशक सानुबाबु मोक्तानले आत्महत्याको विषयमा चलचित्र निर्माण गरिएको बताए । हाल नेपालमा युवादेखि बृद्धसम्मले आत्महत्या गर्ने गरेको प्रसंग, आत्महत्याका कारणलाई चलचित्रलाई खोतल्ने प्रयत्न गरिएको निर्देशक मोक्तानको भनाइ छ । चलचित्रले आत्महत्यापछि परिवारमा पर्ने तनाव तथा आत्महत्यासम्मको अबस्थाका विषयमा चलचित्रले मार्मिकढंगबाट ब्याख्या गरेको बताए ।

आत्महत्या गर्ने सोचमा पुगेकाहरुले चलचित्र हेरेपछि आत्महत्या नगर्ने उनले ठोकुवा गरे । उनले भने–हामीले चलचित्रलाई परिवर्तित मनको सम्वाहक भनेका छौं । उनले चलचित्र निकै राम्रो बनेको दाबी गरे । २१ लाख लागतमा निर्माण भएको चलचित्र मकवानपुरको थाहानगर–२ को भाङ्खोरिया (कोटथुम्की), दामन, पालुङ तथा हेटौंडामा छायांकन गरिएको निर्देशक मोक्तानले बताए । २ घण्टा १५ मिनेटको चलचित्रले आत्महत्या न्यूनीकरणको सन्देशस“गै मनोरञ्जन प्रदान गर्ने निर्देशक मोक्तानले बताए । प्रालि अध्यक्ष तथा चलचित्रका कलाकार शुभराज भोम्जनले चलचित्र सन्देश र मनोरञ्जनको सम्मिश्रण भएको बताएका छन् । 

चलचित्रमा सर्वनाम थिएटरकी कलकार मीना पूर्णिमा खड्का, बिना मुक्तान, विनित रायमाझी, दीपराज खत्री, रुपक कालीराज, शुभराज भोम्जन र रवि जिम्बा, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्यांतान, उर्मिला स्यांतानलगायतको अभिनय छ । चलचित्रमा अजय वाइबाको सम्पादन, थाहा कलाकेन्द्रको नृत्य, दीपराज गिरी र मुक्तिनाथ उप्रेतीको संगीत छ । चलचित्रमा रीता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गरेकी छन् । 

श्याम गौतमको छायांकन रहेको चलचित्रमा सञ्जय मण्डलको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रलाई एजे टिमले सम्पादन गरेको हो । चलचित्रको मंसिर १५ गते थाहानगरमा प्रिमियर गरिने चलचित्र युनिटको भनाइ छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...