सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

तिन नम्बर प्रदेशको स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस

hola-1531278956.jpg

 प्रदेश ३ को स्थायी राजधानी तोक्न ५ जिल्ला सिफारिस गरिएको छ ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरेको हो । प्रतिवेदन मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई बुझाइएको छ । २ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा समितिले प्रतिवेदन तयार गरेको हो। अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

सभापति दीपक निरौलाले प्राथमिकता क्रम नतोकी वर्णानुक्रमअनुसार तोकिएको बताए। ‘समितिलाई औचित्यका आधारमा सम्भाव्यथा तोक्ने क्षेत्राधिकार तोकिएको थियो,’ उनले भने, ‘सोही अनुसार हामीले राजधानी रहन सक्ने सम्भाव्य स्थानको सिफारिस गरेका हौं, यसबारे निर्णय गर्ने सम्पूर्ण अधिकार प्रदेशसभामा रहेकाले प्राथमिकता क्रम तोकेनौं।’ उनले चालू अधिवेशनमा नै प्रतिवेदन सदनमा प्रस्तुत भएर निष्कर्षमा पुग्ने विश्वास गरे।

प्रतिवेदनमा जिल्लाको क्षेत्रफल, जनसंख्या, स्थानीय तहको संख्या, जिल्लागत दूरी, पूर्वाधारको अवस्था, सामाजिक सांस्कृतिक, वातावरणीय अवस्था विश्लेषण गरेर जिल्लाको स्थिति स्पष्ट उल्लेख गरिएको छ। प्रतिवेदन लेखन कार्यदलका संयोजक विशाल खड्काले सम्भाव्यता अध्ययन मात्रै गर्न भनिएकाले प्राथमिकता क्रम नतोकिए पनि स्पष्ट रुपमा उल्लेख गरिएको बताए।

‘त्यहाँ सबै जिल्लाको जन्मुण्डली नै उत्तारिएको छ, जन्ममिति लेखेका छौं तर जेठो कान्छो छुट्याएका छैनौं,’ उनले भने, ‘निर्णय गर्ने अधिकार प्रदेश सभामा नै रहेकोले सम्भाव्य जिल्ला मात्रै सिफारिस भएको हो।’

यसअघि समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडाको स्थलगत अध्ययन गरेको थियो। काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको बस्तुगत स्थिति झल्कने गरी भरेर पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडाका यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भए, सहयोग गरिदिन परिवारको आग्रह
bepatta-1542117630.jpg
हेटौंडा ९ निवासी २४ बर्षिय यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भएका छन् । अघिल्लो दिन राति १० बजे सुत्न गएको तर २४...
छठ पर्वले हिमाल,पहाड,तराई जोड्ने पुलको काम गरेकाे छ : मुख्यमन्त्री पौडेल
mukhyamantri-1542114867.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले हिमाल, पहाड, तराई जोड्ने पुलको रुपमा काम...
बृद्धभत्ता पाँच हजार पुर्याउने तयारीमा सरकार छ : मुख्यमन्त्री पौडेल
Dormani-paudel-780x405-71-1542113392.jpg
तीन नंम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले अहिलेको सरकारको कार्यकालमानै बृद्धभत्ता पाँच हजार रुपैयाँ...
हेटौंडामा छठ पर्व भव्य रुपमा मनाइदै
htd-chh-1542112777.jpg
हेटौंडाको राप्तीखोलाको बगरमा आज छटपर्ब भब्य रुपमा मनाइएको छ । राप्तीरोड देखिनै छटका अवसरमा झिलीमिली पारिएको छ...
स्थायी राजधानी हेटौंडा बनाउन प्रदेश ३ सरकारको प्रयास
hetauda-_hetaudakhabar-1542082058.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...