सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

टोल स्तरीय खसि कप : किरनचोकको विजयी सुरुवात

42723681_167369034175230_-1538234303.jpg

हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ मा आजबाट सुरु भएको टोल स्तरीय फुटबल प्रतियोगिता (खसि कप)किरनचोक फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलामा गत वर्षको उपविजेता समेत रहेको किरनचोकले डिफेन्डीङ च्याम्पियन नर्मल मुस्कान फुटवल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । विगत २२ वर्षबाट हुँदै आएको टोल स्तरीय फुटबल प्रतियोगिताको आजबाट भएको २३ औँ संकरणमा किरनचोकले विजयी सुरुवात गरेको हो । प्रतियोगितामा एकमात्र विजयी गोल पहिलो हाफमा हेमन्त गोलेले गरे । उनी नै खेलकाृ म्यान अफ द म्याच समेत भए ।हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य देवराज रिमाल, हेटौँडा बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेत, सिर्जना बचत तथा ऋण सहकारी सस्थाका दामोदर गौतम, ब्यवसायी धनबहादुर थापा, अगराठे टोविस अध्यक्ष अर्जुन श्रेष्ठ, स्मृटि टोविसका अध्यक्ष रामकृष्ण भट्ट, किरनचोक टोविसका अध्यक्ष राजधु अधिकारी, आयोजक समितिका आत्मराम बस्नेत, प्रचार संयोजक ओम फुँयाल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शान्तिटोल टोल विकास सस्थाका अध्यक्ष छत्रबहादुर लामिछानेको अध्यक्षतामा भएको हो ।

९ वटा टिम सहभागि प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाईने आयोजकले जनाएको छ । दुई समुहबाट विजेता तथा उपविजेता गरि चार वटा टिमलाई सेमिफाईनलमा लगिने आयोजकको भनाई रहेको छ । प्रतियोगिताको लागि करिब ४ लाख रुपैँया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

यो पटक प्रथम हुनेले ३५ देखि ४० किलोको खसिको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २५ देखि ३० किलोको खसिको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई रहेको छ । प्रतियोगितामा दैनिक म्यान अफ द म्याच तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...