सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

सरकार हरेक क्षेत्रमा असफल भयो : कमल थापा
हिन्दुराष्ट्रको माग गर्दै फागुन ७ गतेबाट देशब्यापी आन्दोलन गर्ने

aaa-1543930218.jpg

राप्रपाका अध्यक्ष कमल थापाले अहिलेको सरकार हरेक क्षेत्रमा असफल भएको दाबि गर्नुभएको छ । राप्रपा मकवानपुरले आज हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलाको उध्घाटन् गर्दै उहाँले सरकार शान्ति सुरक्षा कायम गर्न कन्चनपुरकी १३ बर्षिया निर्मला पन्तका हत्यारालाई कार्बाही गर्नका लागि सरकार असफल भएको बताउनुभयो ।

सरकार गठन भएको नौ महिना सम्म पनि जनताले कुनै पनि परिबर्तनको अनुभुति गर्न नपाएको बताउँदै उहाँले भन्नुभयो–सरकार गठन हुनुभन्दा अगाढी समृद्धीको नारा लिएर चुनाब लडेको पार्टिले अहिले जनताका निम्ती कुनैपनि काम गर्न सकेन ।’ अब आफ्नो पार्टि एकिकरणको अल्झोमा नबसेको बताउनुभयो । अब सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको एजेण्डामा दुईवटा अध्यक्ष रहदा पनि आफु सहमत भएर पार्टि एकता गर्ने तर त्यसभन्दा लचक नहुने उहाँको भनाई छ ।

हिन्दुराष्ट्र स्थापनाको माग गर्दै राप्रपाले आगामी फागुन ७ गतेबाट देशब्यापी आन्दोलन गर्ने अध्यक्ष थापाले बताउनुभयो । अहिले भने देशका सातवटै प्रर्देशमा सभाका कार्यक्रम राखिएको उहाँको भनाई छ । अहिलेको चुनाबमा पार्टि पराजित भएपनि आगामी चुनाबमा पार्टिले सफलता प्राप्त गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा राप्रपाका सहायक महामन्त्री राजाराम वर्तौला, जिल्ला उपाध्यक्ष शिवराम थापा, सचिव केदार चौलागाई, १ नम्बर क्षेत्रीय अध्यक्ष राजाराम अर्याल, हेटौँडा नगर अध्यष गुरुप्रसाद सापकोटा, जिल्ला नेतृ इन्दिरा न्यौपाने, गढि अध्यक्ष कृष्ण विडारी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका शुक्र प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...