सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडाको नारायणीमलमा सामसुङको आधिकारिक सर्भिस सेन्टर खुल्यो

khulyo-1526649053.jpg

विश्व प्रशिद्ध कोरियन ब्रान्ड सामसुङ मोवाईलको सर्भिस सेन्टर बिहिबारबाट हेटौडाको नारायणी मलमा संचालनमा आएको छ ।

कोरियाबाट नेपालका लागि सामसुङ मोवाइलका भ्वाइस प्रेसिन्डेट मिस्टर वानले आज एक कार्यक्रमको आयोजना गरि सेन्टरको उद्घाटन गरेका हुन्, ।  उद्घाटन संगै उनले अब यहाँका ग्राहकले छिटो छरितो रुपमा सेवा लिन सकिने बताए । १३ औं सर्भिस सेन्टरको रुपमा हेटौंडामा सञ्चालनमा ल्याएको आइएमएसका सर्भिस हेड कुनाल गूरुङले बताए । प्रदेशको राजधानी भएकोले हेटौडामा सेन्टर खोलेको समेत गुरुङले बताए । नेपालमा भरिका काठमाडौं, नारायणगढ, नेपालगञ्ज,पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज,कमलादी, जावलाखेल, विर्तामोड, दाङ पछि हेटौंडामा सञ्चालन गरिएको गुरुङले बताए । नेपालभरि उच्चस्तरिय सर्भिस दिइरहेका छौं ।

सोही अनुरुप अब हेटौडामा पनि सेवा दिने र ग्राहकलाई सर्भिसबाट सन्तुष्ट  दिइने नेपालका लागि हेर्ने सामसुङ नेपालका प्रमुख राजन भट्टराईले बताए । उनले अब हामीले नेपालको धनगढी र दमौली चाडै सर्भिस सेन्टर सञ्चालन गरि ग्राहकलाइ सेवा प्रदान गर्ने  भट्टराइले बताए । हेटौंडामा धेरै किसिमका ब्रान्डका मोवाइलहरु उपलब्ध रहेको पाईन्छ । तर पहिलो पटक हेटौंडामा सामसुङ मोवाईलको सर्भिस सेन्टर सञ्चालन भएको सामसुङ मोवाईलको आधिकारिक विक्रेता आर एम इन्टरप्राइजेजका संचालक रोहिणी प्रसाद गौतमले बताए ।

अब ग्राहकले छिटोछरिता रुपमा सेवा पाउने गौतमले बताए । हेटौडाको नारायणी मलमा सञ्चालनमा आएको र सबै ग्राहकलाई यो खुसिको कुरा समेत गौतमले बताए । यस अघि सर्भिसको लागि सिधै काठमाडौं जाने गरेको र धेरै दिन पश्चात मात्र मोवाइल बनेर आउने गरेको थियो । अब ग्राहकले वारेन्टी कार्ड बोकेर सिधै सर्भिस सेन्टर गइ सेवा लिन समेत पाइने गौतमले बताए । 

कार्यक्रममा नेपालको लागि विजनेस हेड विकास गाडिया, मोवाइल एशोसिएसन अफ मकवानपुरका अध्यक्ष एसिस रिजाल, कम्पनिका सेल्स प्रतिनिधि राजकुमार घिमिरे, हेटौडाका मोवाइल विक्रेताहरु लगायतको उपस्थिति रहेको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...