सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं

suraxa-1543314828.jpg

सरकारले आजबाट सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबै भन्दा पहिले संचार माध्यमबाट सुरुवात गर्नका लागि आग्रह गर्दछु ।

अहिलेको अबस्थामा अधिकांश संचार माध्यममा कार्यरत पत्रकारहरु ३० बर्ष सम्म एउटै संचार माध्यममा काम गर्दा पनि जागिर छोडेको दिनमा रित्तोहात घर फर्कन बाध्यछन् । उनिहरुको लागि कुनैपनि ब्याबस्था छैन । पत्रकार लामो समय बिरामी परे, दुर्घटनामा परेर सक्त घाईते भए, महिला पत्रकार गर्भबवती हुँदा, सुत्केरी हुँदा कुनै सहयोग हुनुको सट्टामा जागिरनै जाने समस्यामा धेरै छन् । यो कार्यक्रम लागूगर्दा न मिडीया मालिकलाई कुनै ठुलो भार पर्छ नत पत्रकार अहिलेको जस्तो सधैको पिडामा बस्नुनैपर्छ । 

यो कार्यक्रममा सहभागिता जनाउँदा मात्रै सबै अरु श्रमिकले जसरीनै पत्रकारले पनि ६० बर्ष नाघेपछी पेन्सन पाउँछन् । कामको सिलसिलामा कुनै दुर्घटना भएमा सबैखर्च कोषबाट भुत्तानी हुन्छ । यो कार्यक्रम मिडीया हाउसबाट लागू गर्दा अहिले काम गर्दै आएका धेरै श्रमजिवी पत्रकारको हित पनि हुने छ । काठमाण्डौबाट निस्कने ठुला संचार माध्यमले त यो कार्यक्रम लागू गर्लान । तर काठमाण्डौ बाहिर जिल्लास्तरबाट संचालन हुने संचार माध्यमले पनि यो कार्यक्रम लागू गरेमा मिडीया संचालकलाई भार पनि नपर्ने, पत्रकार पनि खुसी हुने छन् । 

आजबाट सुरुवात भएको यो कार्यक्रमका बिषयमा बिहानको झिसमिसे देखिनै सामाजिक संजालमा पत्रिकाका कटिङ राखेर खिल्ली उढाएको देखेर यसका बारेमा गहिरो अध्ययन गरे । यसका बिषयमा सबैजसो अनलाईनमा आएका समाचार, आजको आन्तिपुरमा मेरा समकक्षी मित्र होम कार्कीले लेख्नुभएकको मुख्य समाचार पढेपछी सबैले नबुझीकन यसको गलत प्रचार गर्दैछन् भन्ने पनि लाग्यो । तर यतीका धेरै पैसा खर्चगरेर यो प्रचार गर्नै पर्ने सामाग्री रहेछ । 

किनकी देशभरका ३५ लाख श्रमिक प्रतक्ष रुपमा लाभान्वित हुने, त्यो पनि रोजगारी सुरु गरेको एक बर्ष देखि मृत्यु पस्चात पनि श्रीमान वा श्रीमती यसको फाईदाको भागिदार हुने । कार्कीजीले गहिराईमा गएर लेखेको समाचार पढ्दा धेरै कुरा जानकारी पाएँ । कोषबाट बृद्धा अबस्थामा औषधि उपचार, स्वास्थ्य तथा मात्रृत्व दुर्घटना, असक्तता र आश्रीत परिवार सुरक्षा कार्यक्रमले ३५ लाख श्रमिक संगै तिनका परिवारका सदस्यहरु समेतलाई सजलो हुने छ । सरकारले नयाँ युगको सुरुवात भनेर नारा दिएछ । सुरुवात त भयो तर यो कामका लागि चुनौती पनि उत्तिकै छ । चुनौतिलाई सामना गरेर अगाढी बढ्ने हो भने तत्कालिन एमालेकको सरकारले सुरुवात गरेको बृद्धभत्ता दिने कामको सुरुवात भन्दा यो धेरै लोकप्रिय कार्यक्रमका रुपमा अगाढी बढ्ने छ ।

सरकारले घोषणा गरेका दर्जनौ लोकप्रिय कार्यक्रम भन्दा यो कार्यक्रम दिगो र धेरैनै महत्वपुर्ण कार्यक्रमका रुपमा अगाढी बढ्ने छ । यो कार्यक्रमबाट प्रत्यक बृद्धबृद्धाहरुले आफ्नै हातमा भत्ता रकम पाएर गाला चाउरी पारेर मुस्कुराएझै श्रमिकका लागि पनि त्यही दिन आउनेछन् । 

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले सुरुवात गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट दुखि, गरिबहरुलाई बिरामी भएर थोरै पैसाको अभाबमा उपचार गर्न नपाएर मनुपर्ने समस्याबाट धेरै मुक्त पनि भएका छन् । पहिले सरकारी सेवामा काम गर्ने कमृचारीले त संचयकोष, पेन्सन, उपदान पाउँथे भने यो कार्यक्रमबाट सरकारी सेवा भन्दा बाहेकका क्षेत्रमा श्रम गर्ने श्रमिकहरुको पनि उचित मुल्याङकन भएको देखिएको छ । यो कार्यक्रम हामिजस्ता श्रमिकका लागि धेरैनै लोकप्रिय रहेको छ । तर सुरुवात मिडीया हाउसबाट सुरुवात गरौ सबै श्रमजिबी पत्रकार मिडीयामा बषौ सम्म काम गरेर रित्तो हात घरफर्कनबाट जोगाऔ । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...