सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

सिलाई सिकेका राक्सिराङका महिला उद्यमी बन्दै

udyam-1531189644.JPG

एडभान्स सिलाईकटाई तालिम सम्पन्न गरी राक्सिराङ गाउँपालिका वडा नं ८ का महिलाहरु उद्यमशीलतातर्फ अग्रसर भएका छन् ।

सोमबार राक्सिराङ–८ देविटारमा आयोजित समारोहमा तालिम लिएका महिलाहरुका लागि महिला उद्यमी बन्ने लक्ष्यका साथ २२ थान सिलाइ मेसिन हस्तान्तरण गरिएको छ । लिचा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालको सहयोग तथा समन्वयमा २२ जना महिलाहरुका लागि कपडा सिलाउने मेसिन बितरण गरिएको हो । मेसिन बितरण गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीप प्रदानसँगै मेसिन हस्तान्तरण गरिएकोमा सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरे । उनले सामूहिक रुपमा सिलाई तथा कटाईलाई व्यवसायिकतामा ढाल्नका लागि आवश्यक पर्ने सबै सहयोग गाउँपालिकाले गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

८ नं वडा अध्यक्ष रामकृष्ण प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, लिचा हिमालय इभीका नेपाल प्रतिनिधि अन्जनकुमार पौडेल, सञ्चारकर्मी शिवकुमार काशी, दीगो विकासका लागि एकता नेपालका सहायक परियोजना व्यवस्थापक गोविन्द न्यौपाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । एडभान्स तालिम लिएका २२ जना महिलाहरुले आगामी दिनमा संस्थाले विद्यार्थीहरुका लागि प्रदान गर्ने विद्यालय पोशाक सिलाउने गरी व्यवस्था मिलाइएको दीगो विकासका लागि एकता नेपालका परियोजना व्यवस्थापक अनिल पौडेलले बताए । उनीहरुका लागि सामूहिक रुपमा सिलाई कटाई गर्न भवन समेत निर्माण गरिदिने पौडेलले बताए । 

तालिम लिएका महिलाहरुले आगामी दिनमा गाउँपालिकाको तर्फबाट बितरण हुने पोशाकहरु सिलाउने अबसर पाउनेछन् । तालिममा उत्कृष्ट ५ जनाको नाम समेत सार्बजनिक गरिएको थियो । सहभागी सम्पूर्णलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा लिचा हिमालय इभीका नेपाल प्रतिनिधि पौडेलले प्रमाणपत्र बितरण गरेका थिए ।  
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडाका यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भए, सहयोग गरिदिन परिवारको आग्रह
bepatta-1542117630.jpg
हेटौंडा ९ निवासी २४ बर्षिय यशव काफ्ले सुतेकै ठाउँबाट बेपत्ता भएका छन् । अघिल्लो दिन राति १० बजे सुत्न गएको तर २४...
छठ पर्वले हिमाल,पहाड,तराई जोड्ने पुलको काम गरेकाे छ : मुख्यमन्त्री पौडेल
mukhyamantri-1542114867.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले हिमाल, पहाड, तराई जोड्ने पुलको रुपमा काम...
बृद्धभत्ता पाँच हजार पुर्याउने तयारीमा सरकार छ : मुख्यमन्त्री पौडेल
Dormani-paudel-780x405-71-1542113392.jpg
तीन नंम्बर प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले अहिलेको सरकारको कार्यकालमानै बृद्धभत्ता पाँच हजार रुपैयाँ...
हेटौंडामा छठ पर्व भव्य रुपमा मनाइदै
htd-chh-1542112777.jpg
हेटौंडाको राप्तीखोलाको बगरमा आज छटपर्ब भब्य रुपमा मनाइएको छ । राप्तीरोड देखिनै छटका अवसरमा झिलीमिली पारिएको छ...
स्थायी राजधानी हेटौंडा बनाउन प्रदेश ३ सरकारको प्रयास
hetauda-_hetaudakhabar-1542082058.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...