सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

संचारमन्त्रीको आदेशमा कार्यक्रम 'सिधा प्रश्न ’ बन्द

banda-1528875227.JPG

नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि नियमित प्रसारणमा रहेको “सिधा प्रश्न ” टेलिभिजन कार्यक्रम संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ठाडो आदेशमा बन्द भएको छ ।

कार्यक्रम संचालनका क्रममा सञ्चारमन्त्री बाँस्कोटाले दाइजोको बिषय निस्किदा झुठ बोलेपछी उनि आक्रोशित हुदै कार्यक्रमनै बन्द गरिदिए । कार्यक्रम संचालक राजु थापाले मन्त्रीको आदेशमा कार्यक्रम बन्द भएको फेसबुक मार्फत जानकारी गराएका छन्ब । प्रश्न सोधेकै भरमा कार्यक्रमनै बन्द गर्ने सम्मको अवस्थामा पुग्ने संचारमन्त्रीको अहिले चौतर्फी आलोचना भैरहेको छ । उनको यो कदमले सरकार जनताको सुचनाको सम्बैधानिक हक र स्वतन्त्र प्रेस गतिबिधिको विपक्षमा रहेको भान हुन्छ । 

कार्यक्रम सिधा प्रश्न संचालक राजु थापाको फेसबुक स्टाटस यस्तो छ 

संचारमन्त्रीको ठाडो निर्देशनमा राजु थापाको सिधा प्रश्न ? कार्यक्रम बन्द ।

नेपाल टेलिभिजनमा बिगत १२ बर्ष देखी सन्चालित कार्यक्रम सिधा प्रश्न ? संचारमन्त्री तथा सरकारका प्रबक्ता गोकुलप्रसाद बास्कोटाको ठाडो निर्देशनमा बन्द गरिएको हो । केही दिन अघि सोही कार्यक्रममा मन्त्री बास्कोटाले Live अन्तर्वार्ता दिंदा झुट् बोलेको कुरा सामाजिक सन्जालमा Viral ( हेर्नुहोस https://youtu.be/_KTNjABx5CQ ) भएपछि रिसाएर उक्त गलत कदम चालेका हुन् ।

देशका जनताको सुचनाको सम्बैधानिक हक प्रत्याभुत गराउने, स्वतन्त्र प्रेसलाई प्रबर्द्धन गर्ने महत्वपुर्ण जिम्मेवारीमा रहेका सरकारका प्रबक्ताको यो कदमले के यो सरकार स्वतन्त्र प्रेस गतिबिधिको विपक्षमा छ? सत्तालाई जवाफदेही बनाउने पत्रकार र सन्चार माध्यम नियन्त्रण गर्न चाहन्छ ? त्यस्तो कदम लोकतान्त्रिक हुनसक्छ ? सत्ताको भुत र मातले गरिने यस्ता गतिबिधिले सरकारको "सम्ब्रिध्द् नेपाल सुखी नेपाली" नारा हात्तिको देखाउने दांत मात्रै त हुँदैन ? भन्ने प्रश्न उठेको छ ।

अन्तर्वार्ताको दिनमा भित्र र बाहिर समेत मन्त्री बास्कोटाको शैली कुनै श्री ३ महाराजको भन्दा कम महशुस भएन । मैले यति धेरै दबाब बोध् गत १२ बर्षमा सायदै गरें होला । मन्त्रिले टेलिभिजनका पत्रकार र कर्मचारीलाई हाता भित्र पसे देखि नै नमस्कार नफर्काउने, हप्काउने, दप्काउने गरेको देखेर म सहस्र पासले बाँधिए झै भएर अन्तर्वार्ता लिन बसेको थिए । अन्तर्वार्ता (हेनुहोस पुरा अन्तर्वाता https://youtu.be/AaUDKRdqXfk) दिंदा र अघि पछिको ब्यबहारले यस्तो लाग्थ्यो कि मन्त्रि हामीलाई आफ्नो रैति ठान्छन् ।

सभ्य लोकतान्त्रिक अभ्यास र सचेत जनता हुने देशमा मन्त्रिले बोलेको सफेद झुट् र गरेको गलत कार्य वापत मन्त्रि पद गुमाउनु पर्थ्यो होला तर हाम्रो देशमा उल्टै शासकको कोपभाजनमा पर्नुपर्छ । जनताको सुचनाको हक र प्रेस स्वतन्त्रताका बिरुद्ध् चालिने यस्ता अधिनायकबादी कदमको सम्बद्ध् सबै पक्षबाट उचित मुल्यांकन र प्रतिक्रिया हुनेनै छ ।

१२ बर्ष वर्षसम्म टेलिभिजन कर्म गर्दा मैले जनता र देशलाई केन्द्रमा राखेर कर्तब्य निर्वहन गर्ने कोशिस गरे ।

टेलिभिजन पत्रकारिता गर्ने क्रममा मलाई माया, साथ, सहयोग, सद्भाव दिने र आलोचना गर्ने सबैलाई हार्दिक आभार प्रकट गर्दछु। नमस्कार ।



सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...
सहकारीको पुँजी राष्ट्र निर्माणमा लैजानुपर्छ : मुख्यमन्त्री पौडेल
Dormani-1538842677.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पुँजीलाई राष्ट्र निर्माणमा लैजानुपर्ने बताउनुभएको छ...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...