सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

रेडियो सरोबरले खुवायो मकवानपुरका 'बनकरिया'लाई तिजको दर

sarobar-dar-1536479867.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित जंगलमा बस्दै आएका देशकै लोपोम्मुख बनकरियाजाती शनिबार तिजको दर खुवाइएको छ ।

हेटौंडाको रेडियो सरोवर ९२.५ मेगाहर्जले बनकरिया बस्तीमा पुगेर २५ घरधुरीका करिव १०० जना बनकरियालाई दर खुवाएको हो । पछिल्लो समय १ महिना अघिदेखि नै शहर-बजारमा गहना प्रदर्शन गर्दै भड्किलो तिज कार्यक्रम गर्ने चलन बढेकाले त्यसको निरुत्साहित गर्दै अहिलेको नया पुस्तालाई दर भनेको देखाउनका लागि नभई आफु संग जे जस्तो छ । त्यहि हासी-खुसी साथ् एकैठाउँमा रमाइलो गर्दै मनाउने परम्परा हो भन्ने चेतना दिनकालागि कार्यक्रम गरेको एफएमका स्टेसन म्यानेजर राजु लामिछानेले बताउनुभयो

 

कार्यक्रमका प्रमुख अतिथि मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव खड्का आफ्नो वडाका बनकरियालाई एकै ठाउमा भेला भएर दर खादै रमाइलो गरेको पहिलोपटक भएको बताउनुभयो । पछिल्लो समय भड्किलो बन्दै गएको तिज पर्व रेडियो सरोबरले बन्करियालाई दर खुवाउदै तीजका गीतमा नचाउनु निकै उदाहरणीय काम भएको खड्काले बताउनुभयो । साथै आफ्नो वडामा देशकै लोपोन्मुख जातिको बस्ती रहेकाले यसलाई पर्यटक को आकर्षणको केन्द्र बनाउने पनि बताउनुभयो बनकरिया को हो ?, पुर्खा के हो ? खानपिन कस्तो हुन्थ्यो ? आदी विविध कुराहरुबारे सबैलाई थाहादिन वडामा म्युजिएम बनाउने, बनकरिया बस्तीमा आएका पाउनालाई यहिको रहनसहनमा बस्नाकालागी होमस्टेको व्यवस्था गर्ने, पिकनिक स्पोट बनाउने लगाएतका कार्यकालागी आफु लागिपरेको पनि अध्यक्ष खड्काले बताउनुभयो ।

बनकरिया बस्तीकी प्रमुख सन्तमाया बन्करियाले आफ्नो बस्तीमा आएर दर खुवाउदै रमाइलो गरिदिएकोमा आफुहरु निकै खुसि भएको बताउनुभयो । आफुहरुले यो भन्दा अगाडी सबैजना संगै बसेर दर खादै कहिल्यै तिज नमनाएको र यसबर्षको तिज बन्करियाले सधै सम्झिने भन्दै खुसी व्यक्त गर्नुभयो । साथै कार्यक्रममा सन्तमायाले आफुहरुलाई सरकारले यस बस्तीबाट हटाउन नसक्नेपनि दाबी गर्नुभयो । 'मुख्य मन्त्री आएर हामीलाई अन्तै लान्छौ भन्नुभयो, तर हामि जादैनौं, यदि जानैपर्छ भने सबैले फेरी जंगल भाग्ने भनेका छन्', सन्तमायाले भन्नुभयो । आफुहरुलाई राज्यले १०-१० कट्ठा जमिन आफ्नो नाममा गरेर दिन्छ भने घर आफै बनाएर सरकारले भनेकै ठाउमा गैर बस्न तयार रहेको बनकरियाको भनाइ छ ।

मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव खड्काको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यद्धय गोमा गौतम र सृजना सुनार, पत्रकार महासंघका पूर्व अध्यक्ष भानुभक्त आचार्य, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, पशुपति प्राथमिक विद्यालयका अध्यक्ष माधव गौतम, पत्रकारहरु रोशन पराजुली, श्रीराम अर्जुन, अशोक सुजन श्रेष्ठ तथा वनकरिया समुदाएको उपस्थिति रहेको थियो ।

नेपालकै लोपन्मुख जातीको रुपमा रहेका 'वनकरिया' मनहरीको ४ स्थित जंगलमा २५ घरघुरीमा रहेका छन् ।

 

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...