सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

रेडियो सरोबरले गर्यो मकवानपुरे ५ चेलीलाई सम्मान

samman-1536849679.jpg

मकवानपुरे ५ चेलीलाई रेडियो सरोबरले सम्मान गरेको छ ।

महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा ’सरोबर चेली सम्मान २०७५’ बाट मकवानपुरमा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ चेलीलाई बुधबार एफएमले सम्मान गरेको हो । एफएमले सामाजिक क्षेत्रबाट सम्झना पौडेल, राजनीतिक बाट तिर्थदेवी सिलवाल, शिक्षाबाट निम तोल्मा आचार्य र पत्रकारिता क्षेत्रबाट मिना श्रेष्ठलाई सम्मान गरेको हो । साथै रेडियो सरोबरका स्टेसन संयोजक रबिन्द्र गौतम ’उत्कृष्ट कर्मचारी’को रुपमा सम्मानित भए । 

त्यस्तै रेडियोले दुनाटपरी गास्ने, बत्ति काट्ने प्रतियोगिता ’आयोजना गरेको थियो । हेटौडाको पशुपति मन्दिरको सभाहलको भएको कार्यक्रममा ११ जना अबिबाहित चेलीहरुले भाग लिएका थिए । १० मिनेट भित्र दुना टपरी र बत्ति काट्नुपर्ने समय छुट्याइएको थियो ।  प्रतियोगितामा ३ जना उत्कृष्ट भए । दिइएको समय भित्र राम्रो टपरी गास्ने र धेरै बत्ति काट्ने उत्कृष्ट ३ जनालाई सम्मान सहित पुरस्कार दिइएको थियो । प्रतियोगितामा सुधा श्रेष्ठ तृतीय, निरु खड्का दृतिय र शर्मिला सदासंकर प्रथम भईन् । 

एफएम संचालक समितिका सदस्य बैकुण्ठ बलामीको अध्यक्षता तथा प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देलले महिलाहरुले जे पनि गर्न सक्छौ भनेर अघि बढे समाज परिवर्तन हुन समय नलाग्ने बताउनुभयो । एमएमले चेली सम्मान गरेर उर्जा थप्ने काम गरेको र नया पुस्ताले हाम्रो कला सस्कृति भुल्न हुन्न भन्ने संदेश दिन दुनाटपरी र बत्ति काट्ने प्रतियोगिता आयोजना गरेकोमा धन्यबाद दिनुभयो । 

कार्यक्रममा रेडियोका स्टेसन म्यानेजर राजु लामिछानेले हाम्रो कला सस्कृति र परम्परा पछिल्लो पुस्ताले बिर्सिदै गएकाले यसको जगेर्ना गर्नुपर्छ भन्ने संदेश दिन खुल्ला दुनाटपरी र बत्ति काट्ने प्रतियोगिता आयोजना गरेको बताउनुभयो । रेडियाले कार्यक्रममा उपस्थित र नाचगानमा सहभागी ३ सय बढी महिलाईहरुलाई उपहार समेत दिएको थियो ।

एफएम संचालक समितिका सदस्य बैकुण्ठ बलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य मुनु सिग्देल, बिशेष अतिथि हेटौडा उपमहानगरपालिकाकि उप(प्रमुख मिना लामा, अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ, ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल, पत्रकार महासंघ मकवानपुर साखाका अध्यक्ष हरी हुमागाईं, प्रदेश ३ सचिव कृष्ण सारु मगर लगाएतको उपस्थिति रहेको थियो ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...