सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

पछि उपमहानगर भएको वडालाई साविकको जस्तै विकास गर्ने अभियानमा छौं : मेयर महत

45527596_362727471136064_-1541597811.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पछि उपमहानगर भएको वडालाई साबिकको वडा झै विकास गर्ने अभियानमा आफू रहेको जानकारी दिएका छन् ।

मङ्गलबार हेटौंडा-१४ मयुरधापमा मेरिगोल्ड बचत तथा ऋण सहकारी सस्थाको सम्पर्क कार्यालय उद्धाटनको प्रमुख अतिथि रहेका उनले साबिक गाबिसलाई साचैको उपमहानगर बनाउनु प्रमुख चुनौती रहेको बताएका हुन् । "जनप्रतिनिधिले काम गरि देखाउनुपर्छ, महतले भने, "फलानोलो पालामा यस्तो काम भो भन्ने चर्चा पछि सम्म हुनेगरी सबैले काम गर्नु अहिलेको आवश्यकता हो ।" पछि उपमहानगर भएका केही स्थानमा अहिले पनि धेरै खालका समस्या रहेको उनले जानकारी दिए ।

फरक प्रसङ्गमा उनले मेरिगोल्ड सहकारीको मयुरधापमा खोलिएको सम्पर्क कार्यालयले बजारसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने दावी गरे । यस्तै हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँले १४ नम्बर वडा अध्यक्ष दीपक खड्काको चर्चा गर्दै सहकारी आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार भएको दावी गरे । "वडाको सर्वाङ्गिण विकासमा चिन्तित वडा अध्यक्ष पाउनु यो वडाबासीकै लागि खुसिको बिषय हो", बानियाँले भने, "पछि उपमहानगर भएका वडाको विकासमा सबै एक हुनु आवश्यक छ ।" १४ नम्बर वडा अध्यक्ष समेत रहेका मेरिगोल्डका अध्यक्ष दीपक खड्काले ग्रामीण क्षेत्र केन्द्रित सहकारीले आवश्यकता अनुसार अन्य विभिन्न स्थानमा पनि सम्पर्क कार्यालय खोल्दै जाने बताए ।

कार्यक्रममा चुरेहिल अस्पतालका प्रमुख डा. सुन्दर श्रेष्ठ, नारायणी मलका डाइरेक्टर कैलाश ढकाल, युवा व्यवसायीहरु प्रलाद मिश्र, विकेशलाल श्रेष्ठ, अन्जन दाहाललगायतको आतिथ्यता रहेको थियो । २०६९ सालमा स्थापना भएको सहकारीले हेटौंडाको स्कुलरोडबाट सेवा दिदै आएको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...