सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
hetauda-city-clz-1527162866.gif

'पृतनापति ट्रफी २०७५' समापन

marttttt-1519200733.gif
34259025_973974086093016_-1528820676.jpg

मकवानपुर स्थित मध्य पृतना हेडक्वार्टरमा “पृतनापति ट्रफी २०७५“ को जेष्ठ २९ गते पृतनापति उपरथी प्रभुराम शर्माले एक कार्यक्रमका बीच समापन गर्नुभएको छ ।

समापनको अवसरमा खेलाडीहरुलाई सम्बोधन गर्नुहुँदै पृतनापति उपरथी शर्माले पृतनापति ट्रफी २०७५ लाई सफलतापुर्वक सञ्चालन गर्न सहयोग पुर्याहउने तीनवटै बाहिनी अड्डा र अन्तर्गतका युनिटहरु, र थीवृन्द, अधिकृत, पदिक तथा सकलदर्जा, जिल्ला खेलकुद संघका पदाधिकारीहरु, पत्रकारहरु र विभिन्न खेल सञ्चालन गर्नु हुने निर्णायक तथा टिम म्यानेजर प्रति हार्दिक आभार व्यक्त गर्दै विषेश धन्यवाद दिनु भएको छ । साथै सहभागी खेलाडीहरुले खेलको मर्यादामा रही प्रतिस्पर्धात्मक र अनुशासित ढंगले उच्च स्तरको खेल प्रदर्शन गर्न सफल भएकोमा सम्पुर्ण खेलाडीहरुलाई हार्दिक बधाई दिनुभएको थियो ।

उक्त ट्रफी अन्तर्गत पृतना हेडक्वार्टर, नं. ६ बाहिनी अड्डा,  नं. ७ बाहिनी अड्डा र नं. ९ बाहिनी अड्डामा सञ्चाटलन भएका फुटबल, भलिबल, बास्केटबल, ह्याण्डबल, स्विमिङ, एथ्लेटिक्स, बक्सिङ्ग, तेक्वान्दो, साईक्लिङ्ग र कबड्डी गरी १० वटा विधाहरुमा महिला ७० पुरुष ६०९ गरी जम्मा ६७९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । जस मध्ये फुटबलमा कालिबहादुर गण, एथ्लेटिक्स, बक्सिङ्ग र महिला भलिबलमा नं. ९ बाहिनी अड्डा, बास्केटबलमा बर्द बहादुर गण, पुरुष भलिबलमा देवीदत्त गण, कबड्डील, ह्याुण्डबल, स्वीमीङ्ग, साईक्लिङ्ग र तेक्वान्दोमा नं. ७ बाहिनी अड्डाले प्रथम स्थान हाँसिल गरेको छ भने समग्रमा नं. ७ बाहिनी अड्डाले प्रथम स्थान हासिल गरी “पृतनापति ट्रफी २०७५“ जित्नस सफल भएको छ ।  

सोही क्रममा पृतनापति उपरथी श्री शर्माले प्रतियोगितामा सञ्चानलित १० विधाहरुमध्ये ५ विधाहरुमा उत्कृष्ट नतिजा हासिल गरी प्रथम बन्न सफल नं. ७ बाहिनी अड्डालाई पृतनापति ट्रफी तथा पुरस्कार प्रदान गर्नुकासाथै विभिन्न विधाका विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै उहाँले “पृतनापति ट्रफी २०७५“ अन्तर्गत भएका खेलहरुलाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने अम्पायरहरुलाई धन्यवाद दिँदै प्रशंसा पत्र तथा पुरस्कार समेत प्रदान गर्नुभएको छ ।

उक्त समापन कार्यक्रममा पृतना अन्तर्गतका बाहिनीपतिहरु, पृतनाका सह चिफ अफ स्टाफहरु, अन्तर्गतका गणपतिरगुल्मपतिहरु, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरु, पत्रकारहरु, पृतना हेडक्वार्टर तथा अन्तर्गत युनिटका अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

अब रहेनन् डा. उपेन्द्र देवकोटा
dr-1529330587.jpg
एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको...
जाँदाजाँदै एसपी श्रेष्ठले भने : दुखमन छैन, ...फेरी म जस्तो किन चाहियो नि !
sp-saruwa-1529329518.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । एसपी श्रेष्ठ...
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग
20-1529258523.jpg
जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्रदेश ३...
अब हेटौंडामा २४ सै घण्टा एटिएम सेवा, धन्यवाद शिद्धार्थ बैंक
atm-sewa-1529254735.jpg
शिद्धार्थ बैंक हेटौंडाले २४ सै घण्टा एटिएम सेवा दिन सुरु गरेको छ । हेटौंडामा एक दर्जन भन्दा बढी बैंकहरु...

लोकप्रिय खबर

1.
हेटौंडामा 'मकवानपुर साझा यातायात' संचालन हुदै, सहचालक महिला !
sajha-1528974762.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र बस संचालन हुने भएको छ । मकवानपुर साझा यातायात प्रालिले यहि असार २ गतेबाट...
2.
हेटौंडामा आजदेखि 'साझा बस' चल्यो, मेयर र एसपी चडाएर गरियो उद्घाटन
sajhaa-1529142173.jpg

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजबाट  साझा यातायात बस सञ्चालनमा आएको छ ।  हेटौंडा उपमहानगरपालिकासँगको...
3.
मकवानपुरका एसपी र डिएसपीको सरुवा !
saruwa-1529319633.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको सरुवा भएको छ । मकवानपुरमा...
4.
प्रदेश ३ सरकारको योजना- 'घर-घरमा जनताको उपचार देखि बाल बिवाहको अन्त्य' तर चुनौती कति ?
samajik-1528807891.jpg

तीन नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, खेलकुद र युवाको क्षेत्रमा महत्वपुर्ण काम...
5.
हराएको मोबाईल पत्ता लगाएर बुझायो मकवानपुर प्रहरीले
Capture-1527854244.JPG

हराएको मोबाईल पत्ता लगाएर मकवानपुर प्रहरीले मोबाईल धनिहरुलाई बुझाईएको छ । हेटौडामा ८ कमाने बस्ने सोम बहादुर...