सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ सरकारले विद्युतिय बस सञ्चालनमा ल्याउने

Capture-1544023907.JPG

तिन नम्बर प्रदेश सरकारले बिद्युतिय बस सञ्चालनको प्रकृया तत्काल सुरु गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायात सहकारी संस्था लिमिटेड र काठमाण्डौ महानगरपालिकाका संगको सहकार्यमा संचालनमा ल्याउने भएको हो । 

बुधबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, ३ नम्बर प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, साझा यातायातका अध्यक्ष कनकमणि दिक्षित सहित हेटौंडामा हेटौंडामा भएको बैठकबाट विद्युतिय बस खरिद गरेर संचालन गर्ने जानकारी गराईएको थियो ।

प्रदेश सरकारले यसै आर्थिक बर्षमा ३० करोड रुपैयाँ सम्म खर्च गर्ने र र काठमाण्डौ महानगरपालिकाले १० करोड रुपैयाँ बराबरको बिद्युतिय बस खरिद गरेर संचालन गर्ने योजना गरेको छ । प्रदेश सरकारले बिक्रम सम्बत् २०८५ सम्ममा काठमाण्डौ उपत्यकासहित चितवन, हेटौंडा, बनेपा, धुलिखेल, पनौतीमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने निति अनुरुप विद्युतिय बस सञ्चालनको तयारी गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो ।

नमुनाको रुपमा यस बर्ष ३० करोड रुपैयाँ बराबरको विद्युतिय बस खरिद गर्न लागेको उहाँको भनाई थियो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सञ्जाल जोडिने गरी विद्युतिय बस सञ्चालन हुने बताउनुभयो । सरकारी लगानीको संस्था भएकोले पनि साझा यातायात संग सहकार्य हुने उहाँको भनाई थियो । काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले  बस खरिदका लागि १० करोड रुपैयाँ छुट्याएको भन्दै साझा यातायात संगको सहकार्यमा बस खरिद गरेर चलाउन लागिएको बताउनुभयो । साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले काठमाण्डौका लाखौ यात्रुले यातायातमा समस्या खेपिरहेकोले साझा यातायातले धेरै राहत दिएको बताउनुभयो । अझैपनि यो समस्या कायम रहेको भन्दै साझामार्फत चल्ने बसको संख्या र सुविधा बढाउनुपर्ने बताउनुभयो ।

  छलफलमा प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश सांसद दीपक निरौला, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा, सदस्य श्याम बस्नेत, साझा यातायातमा प्रतिनिधित्व गर्ने काठमाण्डौ महानगरपालिकाका कानुन महाशाखाका प्रमुख वसन्त आचार्यको पनि उपस्थिति थियो

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...