सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश सरकारका अधिकार संघिय सरकारले अतिक्रमण गर्यो : मुख्यमन्त्री पौडेल

1518867656dormani-poudel-1538539301.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारका अधिकारमा संघिय सरकारले अतिक्रमण गरेको आरोप लगाउनु भएको छ ।

तीन नंम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजानमा नदिजन्यपदार्थ ढुंगा, गिट्टी, वालुवा संकलन तथा ब्याबस्थापन सम्बन्धी अन्तरकृया कार्यक्रमलाई हेटौंडामा संबोधन गर्दै उहाँले प्रदेशका अधिकार संघिय सरकारले अतिक्रमण गर्दै गएको बताउनुभयो । जिल्ला स्तरमा रहने सिडीयो र एसपी संघिय सरकार मातहत भएपनि प्रदेश सरकार संगको सहकार्य गरेर अगाढी बढ्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको अबस्था भनेको संक्रमण कालको अबस्था रहेको बताउँदै उहाँले भन्नुभयो–क्रसर उद्योग र नदिजन्य पदार्थको क्षेत्रमा प्रदेश सरकारले एउटा मापदण्ड बनाउँदै छौ तर यहीबेलामा घरेलु कार्यालय मार्फत संघिय सरकारले जिल्ला स्तरमा रहेका क्रसर उद्योगहरु बन्द गरिदिएको छ । अहिलेको अबस्थामा हामि संघिय सरकार संग सहकार्य गरेर मापदण्ड बनाउनेछौ ।’ 

 स्थानिय तहका जनप्रतिनिधिहरुले आफ्ना सुझाब राख्दा ठेकेदारको भाषा बोलेकोमा आपत्ति जनाउँदै उहाँले स्थानिय तह पनि सरकार हो त्यसैले सरकारको कुरा गर्न उहाँले चेतावनी समेत दिनुभयो । मुख्यमन्त्री कार्यालयको आयोजनामा नदिजन्य पदार्थको ब्याबस्थापनका सन्धर्बमा सुझाब दिनका लागि तीन नंम्बर प्रदेशका ३२ वटा स्थानिय तहका प्रमुख तथा प्रशाकिय अधिकृतहरु धेरैले क्रसर उद्योगलाई प्रसय दिनेगरी आफ्ना कुरा राखेपछी मुख्यमन्त्री पौडेलले यस्तोकुरा बताउनुभएको हो । 

प्रदेश सरकारले बनाएका कानुन र कार्यबिधी नमान्ने भनेर केही स्थानिय तहले भनेकोमा आक्रोस ब्यक्त गर्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो– जसले प्रदेशको कानुन मान्दैन उनिहरुका लागि प्रदेश सरकारले दिने अनुदान रोक्ने छौ । प्रदेश सरकारले संबिधानले दिएको भुमिका अनुसार कानुन निर्माण गरेका हौ । प्रदेशभरी त्यो कानुन कार्यनयन हुनुपर्छ ।’ अहिलेको अबस्थामा तीन वटा सरकार बिच समन्वय गरेर अगाढी बढ्नुको बिकल्प नभएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । नदिजन्य पदार्थमा बषौ अघिदेखि देखिएका समस्याको दिगो समाधान गर्नका लागि प्रदेश सरकार लागिपरेको उहाँको भनाई छ । 

कार्यक्रममा तीन नंम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले नदिजन्य बस्तु अब ब्यबस्थित गर्नैपर्ने बताउनुभयो । नदिजन्य पदार्थको ओसारपसार, उत्खनन्मा अराजकता बढेकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । अब सबैको सुझाबका आधारमा अगाढी बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल, प्रमुख सचिब आनन्दराज ढकाल, जिल्ला समन्वय समितिका प्रमुखहरु, बिभीन्न स्थानिय तहका प्रमुख तथा प्रशाकिय अधिकृतहरु, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब केबल भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत नबराज पुणासैनीले छुट्टा छुट्टै प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिब रुद्रादेबि शर्माले स्वागत गर्नुभएको थियो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...