सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
nmt-final-1531124951.jpg
mart-1531327605.gif

प्रदेश ३ : सांसद्लाई बसोबास र यातायातको व्यवस्था गर्न जनसरोकार केन्द्रको माग

zz-1531327847.gif
20-1529258523.jpg

जनसरोकार केन्द्र मकवानपुरले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

प्रदेश ३ को सभामा १-२ महिनामात्र नीति निर्माणको तहमा उपस्थित हुनुपर्ने तर कोठा भाडामा लिदा १२ महिनाकै रकम तिर्नुपर्ने हुदा हेटौंडामा आएको बेला सामूहिक बसोबास गर्ने व्यवस्था गरे काम छउञ्जेल बस्ने र काम सकिएपछि जान सजिलो हुने भएकाले सांसद्हरुलाई राज्यले सामूहिक बसोबास व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएको छ ।

आफ्नो सवारी नभएका सांसद्हरुलाई संसद् चल्ने समयमा ल्याउने र लैजाने व्यवस्था राज्यले गर्नुपर्ने माग पनि केन्द्रले गरेको छ । जनसरोकार केन्द्र मकवानपुर संयोजक अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले सांसद्लाई छोटो समयमा प्रदेशसभा बैठक राख्दा असहज भएकोले निर्वाचन क्षेत्रमा पुगेर १-२ दिनमा फेरि बैठकमा आउनुपर्ने समस्या भएकाले प्रदेशसभा बैठकको कार्यसूची संकलन गरी लामो समयपछि बैठक राख्ने र आवश्यक काम एकैचोटी सम्पन्न गर्नु उपयुक्त रहेको सुझाव दिइएको बताए ।

सांसद्हरुले राज्यको भन्दा व्यक्तिगत स्वार्थका कारण राजधानी सार्ने कुरा गरेकाले आमजनतालाई काठमाडौं उपत्यका आसपास राजधानी बनाए धेरै कुराको असर पर्ने कुराको जानकारी गराउन उचित प्रचारप्रसार गर्नुपर्ने केन्द्रले बताएको छ । त्यस्तै हेटौंडालाई ‘प्लाष्टिकमुक्त’ कुरा व्यवहारमा लागु नभएको र प्लाष्टिक झोलाका कारणले नराम्रो प्रभाव परेको भन्दै प्लाष्टिक झोला नियन्त्रणका लागि नया उपाय सुझाएको छ । पसलमा सामान खरिद गर्न ग्राहकले झोला आफैं लिएर आए झोला बराबरको रकम ग्राहकलाई छुट वा फिर्ता दिने र झोला आफैं ल्याउन ग्राहकलाई प्रोत्साहित गर्न व्यापारीलाई अनुरोध पनि गरेको छ ।

साथै जनसरोकार केन्द्रले ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौडा बनाउने अभियान अन्तर्गत् प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका केन्द्रीय कार्यालय र राष्ट्रपति कार्यालयमा ध्यानाकर्षणपत्र दर्ता गराउन सहयोग गर्ने राजनीतिक पार्टी र संघसंस्थाका प्रतिनिधिमा धन्यवाद ज्ञापन गरेको छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
Mti-Final-1531042648.jpg

ताजा खबर सबै

हेटौंडाको सिद्धार्थ स्कुलमा कानुन पढ्ने विद्यार्थी बढे
33207171_1690421191051233-1532181541.jpg
हेटौंडा २ मा रहेको शिद्धार्थ माबिमा कक्षा ११ मा कानुन बिषय पढ्ने बिद्यार्थीहरुको चाप निकै बढेको छ । नारायणी...
हेटौंडाबाट २१ केजी चरेश सहित दुईजना पक्राउ
Default
प्रहरीले २१ केजी लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट पहरी निरीक्षक मधु...
हेटौंडा अस्पतालका विरामीलाई फलफुल
37528076_490704621351114_-1532162620.jpg
नेपाली कांग्रेस मकवानपुरले बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरले शनिबार विहान...
गोविन्द केसीको समर्थनमा बिशाल प्रर्दशन, बाबुराम भट्टराई देखी सुशीला कार्की सम्म , 'ओली सरकार रगतको खोलो नबगोस' !
kc-maitighar-1532160933.jpg
डा. गोविन्द केसीको समर्थनमा सरकारलाई दबाब दिन माइतिघर मण्डलामा बिसाल प्रदर्शन भएको छ । प्रर्दशनमा...
हेटौंडाबाट अबैध रुपमा गिट्टि-बालुवा ओसार्ने ट्र्याक्टर्-टिपर पक्राउ
hatgadi-1532102970.png
अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ३ वटा टिपर र ट्याक्टर प्रहरिले पक्राउ छ  ।  शुक्रबार ईलाका प्रहरी...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल ! चक्रपथका लागि ट्रयाक खोलिने
aakase-1529860022.jpg

हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माण गर्ने योजना बनाएको छ । उपमहानगरले...
2.
हेटौंडामा अश्लिल भिडियो बेच्ने ७ जना प्रहरीको फन्दामा
Default

हेटौंडामा अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्रि बितरण गर्ने ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी...
3.
प्रदेश ३ को राजधानीका बिषयमा छलफल गर्न नपाईने, अदालतद्धारा कारण देखाउ आदेश
aades-1531403944.jpg

तीन नंम्बर प्रदेशको राजधानीका बिषयमा यहाँको प्रदेश सभा सचिवालयमा छलफल गर्न नपाईने भएको छ । तीन नंम्बर प्रदेशको...
4.
मकवानपुरका नयाँ एसपी भन्छन् : दबाबमा परी कुनै अपराधि छोड्दिन
10613155_1524982634456244-1529846354.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट हाजिर हुनुभएका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले अपराध न्युनिकरणमा...
5.
एसईई को नतिजा सार्वजनिक, ५८ हजार विद्यार्थीले कक्षा ११ पढ्न पाएनन्
see_2074-1529772139.jpg

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । तोकिएको समय भन्दा झण्डै ५ घण्टा ढिलो नतिजा...