सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ : प्रदेश सभा बैठकमा पाँच वटा बिधेयक पेस, राजधानीको बिषयले स्थान पाएन

1-(1)-1543234706.jpg

तीन नंम्बर प्रदेशको प्रदेश सभा बैठकमा आज पाँच वटा बिधेयक पेस गरिएको छ । डेड महिनापछी बसेको प्रदेशसभा बैठकमा पाँच वटा बिधयकहरु पेस गरिएको हो । यता सांसदहरुले राजधानीको बिषय चर्को रुपमा उठाउलान भनेर बिशेष समय र सुन्य समय आजको बैठकमा राखिएको थिएन ।

आजको प्रदेश सभामा सांसद माधबप्रसाद पौडेलले दुईवटा बिधेयक पेस गर्नुभएको छ । उहाँले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश संंस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको संसदमा पेस गर्नुभएको हो । यसअघि यी दुई विधेयकमाथि दफावार छलफल सिध्याएको थियो । यस्तै सांसद शरेश नेपालले प्रदेश कार्य सञ्चालन गर्ने सम्बन्धमा बनेको बिधयक, सांसद घनस्याम दाहालले शिक्षा स्वास्थ्य तथा कृर्षि सम्बन्धमा बनेको बिधयक र प्रदेश प्राबिधिक शिक्षा परिषद स्थापना तथा संचालनका सम्बन्धमा बनेको बिधेयक पेस गर्नुभएको हो । अब अर्को संसद बैठक सभामुख सानुकुमार श्रेष्टले भोली दिउसो सवा १२ बजेका लागि बोलाउनुभएको छ । 

तीन नंम्बर प्रदेश सभाको बैठक लामो समयपछी आज मंसिर १० गते बसेको हो । आजको बैठकमा राजधानी र प्रदेशको नामका बिषयमा कुरा उठ्ने भनिएपनि त्यस बिषयमा कुनैपनि छलफल हुन पाएन । अहिले मन्त्रीपरिषदबाट पास भएका ५वटा बिधयक पास गर्ने र पछी मात्र राजधानीको बिषयमा प्रबेश गरिने तीन नंमबर प्रदेशका सभामुख सानुकुमार श्रेष्टले बताउनुभयो । राजधानिको बिषयमा कार्यब्याबस्था समितिमा मात्र छलफल हुने बताउँदे उहाँले भन्नुभयो–राजधानिको बिषयमा तयारीका साथ मात्र सदनमा लगिन्छ । 

पहिले बिना छलफल संसदमा लगेर मात्र के गर्नु ? पहिले संसदिय दलहरुनै पिच्छे छलफल गरेपछी न राजधानिको बिषयमा सदनमा लगिएपछी पास गर्न सकिन्छ ।’ प्रदेश राजधानीको बिषयमा सहमतिपछि मात्रै बैठक बोलाउने तयारी भए पनि अझैसम्म सहमति नभएपछि अड्किएको विधेयक पारित गराउन बैठक बोलाइएको सभामुख श्रेष्ठले बताउनुभयो ।

सरकार गठन भएको करिब १० महिना भइसक्दा पनि कानुनको अभावले प्रदेश सरकारले स्थायी राजधानीको बिषयलाई लिएर लामो समयसम्म प्रदेशसभा बैठक नबस्ने र सभामा पेश भएका बिधेयक अड्किँदा प्रदेश सरकारले काम गर्न नसकेको आरोप प्रदेश सांसदहरुले लगाउँदै आएका छन् । प्रदेशको राजधानीबारे सहमति जुटाउन स्थगित भएको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक डेढ महिनापछि बसेको हो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...