सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ मा प्रोजेक्ट बैंकको स्थापना गर्ने तयारी

Pradesh_3-1541041374.jpg

प्रदेश नं ३ का प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले प्रदेशको १३ जिल्लाको भूगोल र जनताको आवश्यकता अनुसारको योजनालाई तत्काल फेरबदल नगरी कार्यान्वयनमा ल्याउन आगामी आव २०७५÷७६ देखि ३ नं प्रदेशमा प्रोजेक्ट बैंकको स्थापना गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

उपाध्यक्ष डा देवकोटाले राष्ट्रिय समाचार समितिसँग आज सङ्क्षिप्त कुराकानी गर्दै राष्ट्रिय गौरवको आयोजना तथा जिल्लाका आवश्यकताअनुरुप विकास योजनाको छनोट गर्न आगामी मङ्सिर महीनाभित्र पाँचवर्षे आवधिक योजनाको आधारपत्रको मस्यौदा तयार गरिसक्ने जानकारी दिनुभयो ।

उहाँले प्रोजेक्ट योजनाअन्तर्गत ऊर्जा उत्पादन, पर्यटन, कृषि उत्पादन र बहुर्राष्ट्रिय कम्पनी स्थापनाका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई प्रदेश सरकारले सहज सुविधायुक्त सेवा उपलब्ध गराउन नीति योजना आयोगले समन्वय कर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

डा देवकोटाले एक प्रश्नको उत्तरमा जिल्लाको भौगोलिक र आवश्यकताअनुसार स्थानीय निकायबाट सिफारिश भई आएका योजनालाई यदाकदा राजनीतिक दलको नेता, प्राविधिक कार्यालय र उच्च प्रशासनका पदाधिकारीबाट फेरबदल गर्ने प्रक्रिया चलेकाले स्थानीय भेगमा निर्माण हुने विकास आयोजनाले मूर्तरुप पाउन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले जनताले प्रत्यक्ष लाभ पाउने योजनालाई फेरबदल नगरिकन ती योजनालाई कार्यान्वयन गर्ने प्रक्रियालाई अब निरन्तरता दिनुपर्नेमा जोड दिँदैै प्रोजेक्ट बैंकबाट योजनाको निष्पक्ष छनोट र स्थलगतरुपमा कार्यान्यवन गर्ने र त्यसको प्रत्यक्ष अनुगमन गर्ने नीति योजना आयोगले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

सो प्रदेश नीति योजना आयोगले आवधिक योजनाको आधारपत्र तयार गर्न कात्तिक १७ गते चितवनको भरतपुर, १८ गते नुवाकोट र २० गते ललितपुरमा योजना समीक्षा गोष्ठीको आयोजना गर्न लागेको एवं सो गोष्ठीबाट प्राप्त सुझावअनुसार योजनालाई समष्टिगतरुपमा अवधारणापत्र तयार गरी क्रमशः चालू आर्थिक वर्षभित्रै १३ जिल्ला योजना कार्यान्वयन गर्ने नीति योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताउनुभएको छ ।

उहाँका अनुसार सो आयोगले प्रभावकारीरुपमा कार्यक्रमको तर्जुमाका साथै अनुगमन गर्ने कार्यका लागि आवश्यक जनशक्ति, कर्मचारीको दरबन्दी २२ जना भएको भए पनि हाल एक जना उपसचिव र एक जना प्रशासकीय अधिकृत कार्यरत हुनुभएकाले आफ्नो भूमिकालाई गतिशील बनाउन कठिनाइ उत्पन्न भएको जानकारी दिनुभएको छ । रासस

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...