सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ को १० स्थानमा हिल स्टेशन बनाइने,

hill-1538064692.jpg

३ नम्बर प्रदेश सरकारले प्रदेशका १० वटा स्थानमा हिल स्टेशन निर्माण गर्ने भएको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३९औं पर्यटन दिवसका अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिका स्थीत झीरघारी मैत्री बगैचा, थाहा नगरपालिमा घुम्न जाउँ दामन बर्ष २०७५ को झण्डोत्तलन, थाहा नगरपालिकामा नै चित्लाङ पर्यटक भ्यू टावर र भीमफेदी, इन्द्रसरोबर र थाहा नगरपालिका हिल स्टेशन कम्प्लेक्सको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै १० वटा स्थानमा हिल स्टेशन विकास गर्न प्रदेश सरकारले योजना सुरु गरिसकेको बताउनुभयो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा विहिबार मकवानपुरका ३ वटा पालिकामा पर्यटकिय क्षेत्र विकासका लागि विभिन्न कार्यक्रमहरु समेत घोषणा गरिएको छ । 

१३ जिल्लालाई लक्षित गर्दै १० हिल स्टेसन बनाउने र प्रत्येक स्टेसनमा ३ करोड खर्च हुने अनुमान सरकारको छ । पर्यटन विकासको गुरुयोजनाभित्र २० वर्षअघि स्थापना भएको मैत्री बगैँचा पनि पर्नेछ । बगैँचा व्यवस्थापनका लागि प्रदेश सरकारले २५ लाख र भिमफेँदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गर्ने निर्णय भइसकेको छ । मकवानपुरको भीमफेदी, ईन्द्र सरोवर, दामनको सिमभञ्ज्याङबाट चिल्लाङ्गको चन्द्रागिरिसम्म पर्टकीय क्षेत्रको रुपमा विकास गरिने सरकारले योजना बनाएको छ । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले पर्यटक आकर्षण गर्न सरकारले बृहत योजनाहरुलाई अगाडि ल्याउने बताउनुभयो । पर्यटकिय क्षेत्रको सम्भावना रहेका क्षेत्रहरुमा सरकारले मात्र हैन स्थानिय तह तथा स्थानियबासीहरुको पनि सहयोग हुनुपर्ने बताउनुभयो । पर्यटकलाई घुम्न आउने वातावरणको लागि सबैले आ–आफ्नो ठाउँको विकासमा सहयोग गर्न मख्यमन्त्रीले आग्रह पनी गर्नुभयो । ३ नम्बर प्रदेश पर्यटकिय स्थलको धनी भएकोले यसको उच्चतम प्रयोग गरी आर्थिक समृद्धिमा सहभागि हुन उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले राम्रा राम्रा पर्यटकिय स्थलको प्रचार प्रसार हुनुपर्ने बताउनुभयो । पर्यटकिय क्षेत्रको विकासका लागि मन्त्रालयहरुको धेरै योजना रहेको साथै पर्यटकको आकर्षण संगै उनीहरुको व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको उहाले बताउनुभयो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...