सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष

IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी निस्कर्ष निस्किएको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित छलफल कार्यक्रममा सहभागिहरुले ३ नं. प्रदेशको राजधानी हेटौंडा उपयुक्त रहेको बताएका हुन् । हेटौंडामा ३ नं. प्रदेशको राजधानी राख्न विगतमै राज्यको ठूलो लगानी भइसकेको, मन्त्रालयहरुलाई आवश्यक भौतिक संरचना तथा आवासीय सरकारी भवनहरु पर्याप्त रहेको, संघीय राजधानी काठमाडौं र बीरगंज भन्सार हुदै भारतसम्मको दुरी पनि निकट रहेको, यातायातको सुगमता, अन्य जिल्ला र अन्य प्रदेशसंगको यातायातको सहजता आदी थुप्रै कारणले भविष्यमा समेत समन्वयगर्न अत्यन्तै सहज हुने भएकोले ३ नं. प्रदेशको राजधानी हेटौंडा कायम हु“दा सबैलाई लाभनै हुने दावी सहभागिहरुले गरेका थिए । 

कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलासका बार अध्यक्ष युवराज ओली, मकवापुर जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष इश्वरी अधिकारी, मकवानपुर अटो मेकानिक एण्ड इन्जिनियरिङ एशोसिएसनका अध्यक्ष आनन्दराम पौडेल, मकवानपुर मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उपभोक्ता मञ्च नेपालका उपाध्यक्ष कपिल अर्याल, बस्तिपुर जेसिजका अध्यक्ष राममणि बर्तौला, संघका अध्यक्ष कृष्ण कटुवाल र संघका महासचवि प्रमोद सिंह रानाभाटले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, बसामाडी जेसिज, नेपाल अटो ईरिक्सा व्यवसायी संघका प्रतिनिधि, व्यवसायीहरु र मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय कृष्ण कुमार गुप्ता अग्रवाल, गणेश प्रसाद भेटुवाल, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव काव्यमणि अधिकारी, कार्यसमिति सदस्यहरु निलम वैद्य, दिपक उप्रेती, माधव ज्ञवाली, राजाराम कार्की, नरेन्द्र भण्डारी, बालकुमार मल्ल, महिला उद्यमी, व्यवसायीहरुको सहभागिता रहेको थियो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...