सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

प्रदेश ३ को राजधानी हेटौंडाबाट कतै सर्दैन : मुख्यमन्त्री पौडेल

dormani-1-1518960576.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री  डोरमणी पौडेलले यस प्रदेशको राजधानी हेटौंडाबाट कतै पनि नसर्ने बताउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकको आज हेटौंडामा उध्घाटन् गर्दै उहाँले हेटौंडामा आईसकेको राजधानी अन्यत्र कुनैपनि हालतमा नसर्ने बताउनुभयो । राजधानीको बिषयमा अब अखवा फैलाईरहनु नहुने बताउँदै उहाँले भन्नुभयो–हरेक हिसाबले हेटौंडा राजधानी उपयुक्त छ । अहीले राजधानी जहाँ छ त्योनै उपयुक्त छ । उपत्यका भित्रमा कुनै पनि हालतमा राजधानी बनाउनका लागि हामी दिदैनौ ।’ अहिले प्रदेश सरकार बनिहाले पनि यसमा साधन र श्रोतको अभाबमा काम गर्नका लागि समस्या भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । 

अहिले सम्म पनि ९० प्रतिशत कर्मचारी प्रदेश सरकारमा नआउँदा काम गर्नका लागि समस्या भएको बताउँदै उहाँले भन्नुभयो–कर्मचारी नआएकै कारण मन्त्रालयको काम ब्यबिस्थत ढंगले संचालन गर्नका लागि समस्या भएको छ । सरकारी कर्मचारी शिहदरबारबाट तल झर्न नचाएका कारण पनि हामीलाई काम गर्नका लागि समस्या भएको हो ।’ यस प्रदेशमा धेरैखालका साधन र श्रोत भएकाले त्यसकै आधारमा आफु काम गर्नका लागि तयार रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

यहाँको शहरलाई आधुनिक शहरको रुपमा बिकाश गर्नका लागि आफु लागिपरेको उहाँको भनाई छ । अब हेटौंडाको बिकाश गर्नका लागि सबैको साथ र सहयोगका साथ अगाढी बढीने बताउनुभयो ।

हेटौडा नगरपालिकाको दुईपटक मेयर भएर दश बर्ष चलाएको र आफुपनि यहाँकोनै बासिन्दा भएकाले यसलाई अरु भन्दा केही फरक तरिकाले काम गर्ने सोच रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । हेटौंडाबासीकै मायाँका कारण आफु मुख्यमन्त्री भएकोले यसका निम्ती काम गर्न सहयोग गरिने बताउनुभयो । अहिले प्रदेशको मुख्यमन्त्री भईरहदा चुनौतीका पहाडहरु धेरै भएपनि ती पहाडलाई छिचोलेर काम गर्नका लागि तयार रहेको बताउँदै उहाँले यही चुनौतीबाट अबसर खोजेर अगाढी बढ्ने बताउनुभयो ।

अब तीन वटै सरकारको समन्वयमा आफुहरु काम गर्नका लागि तयार रहेको बताउनुभयो । हेटौडा उपमहानगरपालिका अधिकार सम्पन्न उपमहानगरपाकिलाको रुपमा बिकाश गर्न सहयोग गरिने बताउनुभयो । 

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडालाई देशकै नमुना शहरको रुपमा बिकास गर्न आफु लागिपरेको बताउनुभयो । यस नगरलाई देशकै सफा र सुन्दर शहरको रुपमा पनि बिकाश गरिने बताउनुभयो । सबैखालका साधन श्रोत जुटाएर काम गर्नका लागि आफुहरु तयार रहेको मेयर महतले बताउनुभयो ।

कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले स्वागत गर्नुभएको थियो । कार्यक्रममा हेटौडाका १९ वटै वडाका नगरसभाका सदस्यहरुको सहभागिता रहेको थियो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...