सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

नयाँ वर्षमा रक्सौल हुँदै अमलेखगञ्जसम्म पाइपबाट तेल

petrolum-pipe-linebat-pet-1543546835.jpg

नयाँ वर्ष २०७६ को पहिलो साता पाइपलाइनबाट तेल भित्रिने दाबी गरिएको छ । अमलेखगञ्ज डिपोका क्षेत्रीय प्रमुख प्रदीप यादवले त्यसका लागि कार्य द्रुत रूपमा भइरहेको बताउनुभयो । भारतबाट नेपालका लागि आयात हुने पेट्रोल, डिजल र मट्टीतेलको मोतीहारी, रक्सौल हुँदै अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य भइरहेको हो ।

प्रतिघण्टा २५० लिटर पेट्रोलियम पदार्थ पाइपबाट भित्रिने र पहिलो चरणमा परीक्षणका लागि डिजेल आउने उहाँले जानकारी दिनुभयो । एक वर्ष अवधि राखिएको एक वर्षअघि शुरु भएको परियोजना २०१८ को अन्त्यसम्म पाइपलाइनको निर्माण कार्य सम्पन्न गरिने लक्ष्य लिएको थियो । त्यसका लागि अहिले समूह–समूहमा इन्जिनियरको टोली स्थलगत खटाइएको परियोजना तथा क्षेत्रीय प्रमुख यादवले बताउनुभयो । योजनाको कार्य पूरा गर्न कुनै बाधा, अवरोध नआए, बढीमा साढे तीन महिना अझ लाग्न सक्ने उहाँले भन्नुभयो । यो योजनाको लागत करिब तीन सय करोड भारु रहेको जनाइएको छ । 

पाइपलाइनको कार्य सम्पन्न भएपछि ट्याङ्कर मार्फत ढुवानी हुने प्रतिमहिना दुई करोड अर्थात वार्षिक २४ करोड नेपालको बचत हुने यादवले बताउनुभयो । यो बाटो भएर पेट्रोल ३१ करोड ७५ लाख ७५ हजार ४२४ लिटर, डिजल चार करोड ९७ लाख २५ हजार ६७३ र २९ लाख १४ हजार ८७२ लिटर मट्टीतेल वार्षिक आयात हुने गरेको निगमले जनाएको छ । एउटै खाल्डोमा पेट्रोल, डिजल र मट्टीतेलको पौने ११ इन्चको एमएस माइलस्टिल पाइप ओछ्याउने कार्य तीव्र गतिमा भइरहेको परियोजना कार्यालय, सिमराका प्रमुख इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिनुभयो । बरौनीदेखि कानपुरसम्मको पाइपलाइनबाट पटना टर्मिनलमा पाइप बिछ्याउने कार्यको सर्भे पनि भइसकेको उहाँले बताउनुभयो ।

पटनादेखि मोतीहारी १५.४ किलोमिटर, मोतीहारीदेखि नेपाल बोर्डर ३२.७१५ किलोमिटर र बोर्डरदेखि अमलेखगञ्ज ३६.२०६ किलोमिटर दूरीको निर्माण कार्यमा २२ किलोमिटरमा पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भइसकेको छ । 
१४ किलोमिटर मध्ये नौ किलोमिटर जङ्गल र पाँच किलोमिटर गण्डक चोकदेखि परवानीपुरसम्म बोरिङ मार्फत पाइप बिछ्याउने कार्य भइरहेको उहाँले बताउनुभयो । 
भारतीय आयल कार्पोरेसन लिमिटेड र नेपाल सरकारको संयुक्त लगानीमा रक्सौलदेखि अमलेखगञ्जसम्म ४१ किलोमिटरभित्र सार्वजनिक स्थलमा भौतिक पूर्वाधारमा क्षति पुग्ने भएकाले सो क्षेत्रमा बोरिङ प्रविधिमार्फत फेज÷फेज गरी पाइप गाड्ने काम भइरहेको इन्जिनियर पौडेलले जानकारी दिनुभयो । 
अहिले चार ठाउँमा जीतपुर, परवानीपुर तथा नेपाल–भारत सीमा क्षेत्रको वीरगञ्ज भन्सार एरिया स्थित रजत जयन्ती चोक र बाइपास क्षेत्रमा मेसिनको माध्यमबाट पाइप बिछ्याउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । यो खबर हामीले  गोरखापत्र अनलाइन बाट साभार गरेका हौँ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...