सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार

03f377e27cafd8fcae95e9923-1537638418.jpg

मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ । 

सहकारीको १० औँ बार्षिकोत्सवको अबसरमा सार्बजनिक भएको प्रतिवेदनमा गत आर्थिक बर्षमा तीन करोड ७० लाख २ हजार ४ सय ७८ रुपियाँ कारोबार भएको उल्लेख छ । 
सहकारीले ४६ लाख ५० हजार शेयर पुँजी बनाएको छ भने २ करोड १२ लाख ९४ हजार रुपियाँ लगानी गरेको कोषाध्यक्ष हरिशरण अर्यालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक बर्षमा १ करोड ६७ लाख ७६ हजार ८ सय ८३ बचत संकलन गर्न सफल भएको सहकारीले जनाएको छ । 

१० औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले सहकारीलाई मर्जर प्रक्रियामा लैजानका लागि गाउँपालिकाले होमवर्क गरिरहेको बताए । उनले झोलामा बोकेर हिँड्ने नाममात्रका सहकारीलाई आवश्यक परे खारेज समेत गरिने बताए । 
कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष बिजयकुमार बस्नेत, रमन्टार डिपाड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश मुक्तान, राष्ट्रिय सहकारी बैँकका मकवानपुर शाखा प्रमुख रामेश्वर अर्याल, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संस्थाका अध्यक्ष शंकरप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको अधिवेसनमा लेखा समिति संयोजक गोविन्द पौडेलले लेखा प्रतिवेदन, कोषाध्यक्ष हरिशरण अर्यालले आर्थिक प्रतिवेदन तथा सचिव बलराम बानियाँले प्रगति प्रतिवेदन पेस गरेका थिए ।

यसैबीच अधिवेसनले पुनः शंकरप्रसाद कालाखेतीकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा बिष्ण भट्ट, सचिवमा बलराम बानियाँ, कोषाध्यक्षमा हरिशरण अर्याल चयन भएका छन् । सदस्यहरुमा रामचन्द्र उप्रेती, पशुपति बर्ताैला, ऋचा पराजुली, सुवास सुवेदी र टिकादेवी न्यौपानेलाई चयन गरिएको छ । लेखा समिति संयोजकमा गोविन्द पौडेल, नरहरि सुवेदी र पूर्णकुमारी दराई चयन भएका छन् ।

त्यसैगरी अनुगमन समिति संयोजकमा बिष्णुराम कालाखेती र सदस्यहरुमा अनिल पौडेल र ताराकुमार सुवेदी रिजाल चयन भएका छन् । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...