सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मनहरी बजारमा भेटिए कानून बिपरित 'बाल श्रमिक'

child-labour-1528855164.jpg

मकवानपुरको मनहरी स्थित होटल तथा ब्यापारिक प्रतिष्ठानहरुमा अबैधानिक रुपमा बालबालिकाहरुलाई कामममा लगाइएको पाइएको छ । 

गाउँ बाल संरक्षण समिति मनहरीले विश्व बाल श्रम बिरुद्धको दिबसका अबसर पारेर मनहरी बजारमा अनुगमन गर्दा यस्तो भेटिएको हो । अनुगमनका क्रममा ८ जना बालबालिकाहरुलाई  विभिन्न होटल, लज तथा अन्य ब्यापारिक फर्महरुमा अबैधानिक रुपमा काम लगाइएको पाइएको समितिले जनाएको छ । बालबालिकाहरुलाई बालश्रममा लगाइएको बारेमा कानूनी रुपमा सचेत पार्ने हिसाबले अनुगमन गरिएको हो । अनुगमनका क्रममा अबैधानिक ढंगले बालबालिकालाई काममा लगाइएकाले तत्काल कामबाट हटाएर पढ्ने व्यवस्था मिलाउनका लागि आग्रह गरिएको छ । आग्रहलाई अटेर गरेमा कानून बमोजिम कारबाही गरिने समितिले जनाएको छ ।

समितिका अनुसार विभिन्न प्रलोभन, ललाई फकाई र दबाब तथा बाध्यता सिर्जना गरी काममा अबैध रुपमा लगाउनेहरुलाई ५० हजार रुपियाँसम्म जरिबाना र १ बर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । बजार अनुगमनका क्रममा बालश्रम गराइएको भेटिएकाले आगामी दिनमा पनि बाल श्रमलाई नहटाए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाइने गाउँ बाल संरक्षण समिति मनहरीका संयोजक एबम् मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताए । 

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख बीरेन्द्र पनेरु, सशस्त्र आइआरटी पोष्टका प्रमुख होबहादुर खत्री, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति गोविन्द रिजाल, मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार काशी लगायको सहभागिता रहेको थियो । गाउँ बाल संरक्षण समितिका अलावा विभिन्न गैरसरकारी संस्थाहरुका प्रतिनिधिहरुको समेत अनुगमन सहभागिता रहेको थियो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...
सहकारीको पुँजी राष्ट्र निर्माणमा लैजानुपर्छ : मुख्यमन्त्री पौडेल
Dormani-1538842677.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पुँजीलाई राष्ट्र निर्माणमा लैजानुपर्ने बताउनुभएको छ...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...