सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मन्त्री स्थापितलाई हटाउने मुख्यमन्त्रीकाे अन्तिम तयारी

mantei-1541066388.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस प्रदेशका दोस्रो बरियताका भौतिक पुर्बाधार बिकास मन्त्री केशब स्थापितलाई हटाउने अन्तिम तयारी गरेका छन ।

मुख्यमन्त्री पछी दोस्रो बरियतामा रहेका मन्त्री स्थापितलाई हटाउनका लागि तयारी भैरहेको छ । यस प्रदेशका अरु मन्त्रीहरुको सल्लाहमा स्थापितलाई हटाउन लागिएको  हाे। मन्त्री स्थापितलाई आज बेलुका वा भोली बिहान सम्म हटाउने अन्तिम तयारीमा मुख्यमन्त्री पौडेल रहेको बुझिएको छ । मन्त्री स्थापितलाई हटाउन यस प्रदेशका धेरैजसो मन्त्रीहरु सहमती भएपनि पार्टि नेतृत्व र प्रधानमन्त्री समेत संगको अन्तमि छलफल गरेर हटाउन लागिएको हो ।

मुख्यमन्त्री पौडेलकाे निर्देशन नमान्ने, आफ्ना मन्त्रालयमा नबस्ने, कामको गति सारै फितलो, मुख्यमन्त्रीलाई मन्त्रिपरिषदमा अभद्र ब्यबहार गर्ने, मन्त्रीपरिसद बैठकको मर्यादामा अपमान गर्ने पटक पटकको हर्कत पछी स्थापितलाई हटाउन लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

दुई जना महिलालाई यौन दुव्यवहार र उत्पीडनको आरोप खेपिरहेका प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई पटकपटक अभद्र व्यवहार गरेको आरोप पनी लागेको छ । मी टू अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमै अभद्र व्यवहार गरेपछि उनको पद संकटमा परेको हो ।

मन्त्री भएदेखि नै मुख्यमन्त्रीको निर्देशनलाई अटेर गर्दै हिँडेका स्थापितले बुधबारको मन्त्रिपरिषद् बैठकमा पनिे मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र ढंगले प्रस्तुत भएपछि मनत्रीपदबाट हटाउने निर्णयमा पौडेल पुगेका हुन् । स्थापितलाई हटाउने प्रयोजनकै लागि मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल आज बिहीबार हेटौंडाबाट काठमाडौं हिडेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेतृत्वसँग यसबारेमा छलफल गरिने स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेलले स्थापितसँग काम गर्न नसकिने जानकारी गराएका छन् ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg
मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
प्रदेश ३ का कानुन मन्त्री भन्छन् : पत्रकारका निम्ती लड्न तयार छु
kanun-mantri-3-1542284327.jpg
तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले आफु श्रमजिबी पत्रकारका निम्ती लड्न...
करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश ३ सरकारको निर्णय
IMG_9935-1542247206.JPG
तीन नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका...
मकवानपुरमा मधुमेहका बिरामी २६० जना छन्, तर सबैको परिक्षण गर्ने हो भने यो संख्या ह्वात्तै बढ्छ : स्वास्थ्य प्रमुख कार्की
diabetes-(1)-1542245257.jpg
 विश्व मधुमेह दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  हेटौंडामा पनि तीन नंमबर प्रदेशको स्वास्थ्य...
मदिरा जन्य बस्तुको उत्पादन, विक्री वितरणमा प्रदेश ३ सरकारले कडाई गर्ने
5bec1cd69219c-1542201449.JPG
तिन नम्बर प्रदेश सरकारले मदिरा जन्य बस्तुको उत्पादन, बिक्री बितरण, प्रयोग र सेवनमा कडाइ गर्ने भएको छ । प्रदेशको...

लोकप्रिय खबर

1.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
2.
हेटौंडा चिसापानीमा आगलागी, ३० लाखको क्षति
45502973_325862711562792_-1541589067.jpg

हेटौंडा १६ हटिया चिसापानीमा आगलागी भएको छ । बुधबार मध्यान्न चिसापानी स्थित भरत रोक्काको घरमा आगलागी भएको हो...
3.
प्रदेश ३ काे राजधानी हेटौंडानै उपयुक्त हुने निस्कर्ष
IMG_8612-1541076286.JPG

मकवानपुर उद्योग वाणिज्य संघमा बिहीबार भएको एक छलफल कार्यक्रममा ३ नं. प्रदेशको राजधानी हेटौंडानै उपयुक्त भनी...
4.
हेटौंडाकाे हटियामा मिनी अस्पताल !
mini-1541077824.jpg

हेटौंडा उपमहानगरपालिका वडानंम्बर १७ हटियामा मिनी अस्पतालको आज एक कार्यक्रमका बिच उध्घाटन् गरिएको छ । हटियामा...
5.
हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउन माग
uuuu-1523279368-1541650535.jpg

उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी...