सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट

2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज पत्रकार समेलन गर्दै योजना र बजेट सार्बजनिक गर्नुभएको छ । मकवानपुर क्षेत्रनंम्बर १ का सांसद कृष्ण प्रसाद दाहाल र क्षेत्रनंम्बर २ का सांसद बिरोध खतिवडाले स्थानिय पुर्बाधार विकास साझेदारी कार्यक्रम नियमावली २०७५ बमोजिम सबैको सल्लाहमा छनौट गरेका योजनाहरुको बिबरण सार्बजनिक गर्नुभएको हो ।

सांसद विकास कोषको सबैजसो रकम दुबैजना सांसदहरुले पुर्बाधार बिकाशमा जोड दिनुभएको छ । दुईजना सांसदले स्थानिय तह, यस जिल्लाबाट निर्बाचित प्रदेश सांसदहरु सहितको सल्लाहमा बजेटको बाँडफाँड गर्नुभएको हो । एक निर्बाचन क्षेत्रमा चार करोड रुपैयाँका दरले जम्मा ८ करोड रुपैयाँ रकमको बाँडफाड भएको हो । निर्बाचन क्षेत्रको सांसदले बितरण गर्ने रकम पारदर्सी नहुने भनेर आलोचना भईरहेको समयमा यसमा पारदर्सी गर्नका लागि पत्रकार समेलन गर्दै सार्बजनिक गरिएको सांसद बिरोध खतिवडाले बताउनुभयो । मकवानपुर प्रतिनिधि सभाको क्षेत्रनंम्बर १ मा सांसद कृष्ण प्रसाद दाहालले बितरण गर्ने ४ करोड रुपैयाँमा बागमती गाउँपालिकाको पुर्बाधार बिकाशमा एक करोड, मकवानपुर गढी गाउँपालिकाको पुर्बाधार बिकाशमा ५० लाख, हेटौंडा उपमहानगरपालिका क्षेत्रको पुर्बाधारमा एक करोड ५० लाख, बकैयाँ गाउँपालिकामा एक करोडको पुर्बाधार बिकाश गर्नेगरी बजेट तयार भएको छ ।

बिशेषगरी यस निर्बाचन क्षेत्रमा सडक निर्माणका कामहरुलाई धेरैनै बजेट छुट्याइएको छ । यस क्षेत्रमा तीन करोड ३० लाख रुपैयाँ सडक निर्माणमा खर्च गरिने भएको छ । त्यस भन्दा बाहेक रौतहट जिल्लाको क्यान्टीनबाट राईगाउँ सुम्म ढुङगा चलाउनका लागि २० लाख रुपैयाँ, शैक्षिक संस्थाहरुका लागि २५ लाख रुपैयाँ, खानेपानी योजनाका लागि १० लाख रुपैयाँ छुट्याइएको सांसद दाहालले बताउनुभयो । 

यसैगरी मकवानपुर क्षेत्रनंम्बर २ का सांसद बिरोध खतिवडाले आफुले बितरण गर्ने ४ करोड रुपैयाँमा यहाँका ८ वटा स्थानिय तहलाई प्राथमिकताका आधारमा पुर्बाधार बिकाशमा खर्च गर्ने हुनुभएको छ । उहाँले हेटौंडा नगर क्षेत्रमा वडानंमबर ३ मा लटौला टोल देखि राईगाउँ सडक निर्माण सम्मका लागि २० लाख रुपैयाँ, थाहा नगरपालिकाको वडानंमबर ४ बसपार्क पुबाृधार निर्माणमा ५० लाख, वडानंमबर ३ को पाण्डुकेस्वर मन्दिर निर्माणका लागि २० लाख रुपैयाँ बजेट बिनीयोजित गर्नुभएको छ । यसैगरी कैलाश गाउँपालिकामा खानेपानी योजना, हेल्थपोष्ट निर्माण, भार्ता गोगने सडक निर्माण गरी ८० लाख रुपैयाँ खर्च गर्ने हुनुभएको छ ।

त्यसैगरी यता मकवानपुर गढीको वडानंमबर ६ मा भालुखोला च्याफल भन्ज्याङ मोटरबाटोका लागि २५ लाख वडानंम्बर ८ को ईच्युङ बुढीचौर सडक निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको सांसद खतिवडाले बताउनुभयो । यसैगरी मनहरी गाउँपालिकाको रजैयामा सभाहल निर्माण, गोगनपानी चकरी सडक, लोथर हिलेदमार, यहाँको खानेपानी आयोजानका लागि गरेर ७० लाख रुपैयाँ यस गाउँपालिकाको पुर्बाधारमा खर्च गर्न लागिएको छ । यता राक्सीराङ गाउँपालिकाको तालनी खैराङ सडक, तिरुवा धिराङ सडक, सिमताप धुमवाङ सडक गरी यस क्षेत्रमा ५० लाख रुपैयाँ खर्च गर्ने योजना रहेको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिकामा सुपिङ बृहत खानेपानी योजना, चुनिया बृहत खानेपानी योजना, यस क्षेत्रको कृर्षि सडक निर्माणका लागि गरेर ४५ लाख रुपैयाँ खर्च गर्न लागिएको सांसद खतिवडाले जानकारी दिनुभयो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...