सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मकवानपुरका खोला उत्खनन् का बिषयमा सिडियोलाई पत्र काटियो

cdo-1520951106.jpg

हेटौंडा खबर डटकममा निरन्तर खबर प्रकाशित भएपछी विकास निर्माण आयोजनाका नाममा मकवानपुरका खोला उत्खनन् गर्ने अवैध क्रसर उद्योगलाई नदिजन्य सामाग्री उत्खनन् को अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीको अनुगमन समितिलाई पत्र काटिएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई पत्र लेखेर यसका बारेमा सत्य तथ्य बुझ्नका लागि अनुगमन गर्नका लागि आग्रह गर्नुभएको हो । बिकास निर्माण आयोजनाका नाममा नबिकरण नगरिएका क्रसर उद्योगमा ढुङगा, गिट्टी, बालुवा थुपारिएको बिषयमा समाचार बाहिर आएपछी यसका बिषयमा गम्भिर भएर अनुगमन गरेर कार्यनयन गर्नका लागि अनुरोध गर्नुभएको हो ।

नदिजन्य पदार्थको दोहन गर्दै तोकिएको भन्दा बाहेकका स्थानमा नलगिकन गैरकानुनी ढंगले थुपारीएकाले त्यसलाई ब्यबस्थित पार्नका लागि समन्वय समितिका प्रमुख खुलालले आग्रह गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी बुढाको संयोजकत्वमा भएको अनुगमन समितिले खोलामा कानुनी वा गैरकानुनी ढंगले भएको उत्खनन्नको बिषयमा हेर्न प्राबधान छ । तर नबिकरण बिनाका क्रसर उद्योगले खुलेआम रुपमा ढुङगा, गिट्टी, बालुवाको उत्खनन् गर्दा समेत आखा चिम्लेर बसेको छ । यस्तो अबस्थामा नदिजन्य पदार्थ उत्खनन् गरेर दर्तानै नभएका र नबिकरण नभएका उद्योगमा थुपारीएको समाचार बाहिर आएकाले यसको अनुगमन गरेर प्रतिबेदन तयार पार्नका लागि पनि आग्रह गरिएको छ । खोलाको उत्खनन्का बिषयमा जिल्ला अनुगमन समिति र प्राबिधिक सहितको अनुगमन समितिले अनुगमन गरेर कानुन बिपरितका स्थानमा ढुङगा, गिट्टी, बालुवा थुपार्ने काम रोक्नका लागि पनि खुलाले काटेको पत्रमा भनिएको छ । नदिजन्य पदार्थको उत्खन्, संकलन कानुन बमोजिम गराएर सहयोग गर्नका लागि पनि आग्रह गरिएको हो । मकवानपुरका धेरैजसो खोलामा ढुङगा, गिट्टी, बालुवाको उत्खनन् हुँदा पनि यहाँका उपभोक्ताहरुले चर्को मुल्यमा खरिद गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् । यसको बजार मुल्य नियमन गरि कायनयन गर्नका लागि पनि प्रमुख खुलालले आग्रह गर्नुभयो । 
       मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको संरक्षणमा जिल्ला समन्वय अधिकारी नारायण प्रसाद मैनालीले बिकाश निर्माण आयोजनाका नाममा यहाँका नबिकरण नभएका क्रसर उद्योगहरुलाई अबैधानिक तरिकाले खोला उत्खनन् गर्न दिएको थियो । मकवानपुरमा नबिकरण नगरिकन संचालन गरिएका क्रसर उद्योगहरु बन्द गर्नुको सट्टामा ती उद्योगहरुलाई थप प्रोत्साहित गरी जिल्ला समन्वय समिति मकवानपुर र यहाँको स्थानिय प्रशाशनले ढुङगा, गिट्टी वालुवा दिएपछी यसको अनुगमन गरेर कार्बाही गर्नुपर्ने माग आम नागरिकबाट उठेको छ ।  
        नाम बिकाश निर्माण आयोजनाको तर मकवानपुरका बिभीन्न खोलाबाट उत्खनन् गरिएको ढुङगा, गिट्टी वालुवा भने नबिकरण नगरिकन संचालन गरिएका क्रसर उद्योगका प्राङगनमा थुपारीएको छ । नबिकरण नभएका क्रसर उद्योगलाई सिधै उत्खनन् गर्न दिन नमिल्ने भएपनि आयोजनाका नाममा घुमाउरो बाटो अपनाएर ढुङगा, गिट्टी वालुवाको संकलन गर्न दिइएको हो ।

                                       यो पनि पढ्नुहोस 

         हेर्नुहोस, यसरी हुदैछ मकवानपुरका खोला दोहन, चुपचाप छ प्रसाशन

विकासका नाममा नाटक, नवीकरण नभएका क्रसर उद्योगलाई प्रसाशनले किन दियो साथ ? 

         मकवानपुरका खोला उत्खनन् तिब्र, देखे पनि नदेखे जस्तो गर्दै प्रसाशन

 

28832864_1021330459760360-1520956991.png
सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...