सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar

मकवानपुरमा देखिन थाले जंगली जनावर, मान्छे-जनावर द्वन्द !

marttttt-1519200733.gif
bagggg-1526200373.jpg

मकवानपुरको बिभीन्न स्थानमा पछील्लो समयमा जंगलि जनावरहरु देखापर्ने क्रम बढेको छ ।

जंगल घना भएसंगै यहाँका जंगलमा ठुलो जंगली जनावरहरु बढी मात्रामा देखा पर्न थालेका हुन् । मकवानपुरमा बाघले मान्छे मार्ने र मान्छेले बाघ मार्ने क्रम मकवानपुरमा देखापर्न थालेको छ । मकवानपुरको मनहरीमा बाघले मान्छे मारेको एक महिना नबित्दै एक साता अघि मकवानपुरको बकैयाको धियालमा मान्छेले बाघ मारेर छाला बिक्री गर्न लागिएको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । 

शुक्रवार पनि मकवानपुरको मनहरी गाउँपालिकाको ज्यामिरेको ढकाल खोल्सीमा फेरी पाटे ठुलो बाघ देखापरेको छ । बाघ देखेपछी स्थानिय वासिन्दाहरु भगाभाग भएको छ । गाउँ नजिकैको जंगलमा बाघ देखेपछी स्थानिय वासिन्दाहरु त्रसित भएका छन् । देखापरेको बाघलाई सुरक्षित रुपमा अबतरण गराउन लागिएको जिल्ला वन कार्यालय मकवापनुरका प्रमुख प्रलाद धितालले बताउनुभयो । 

यसअघि पनि मनहरीमा बाघले एक जनालाई आक्रमण गरेर मृत्यु समेत भएको थियो । यसअघि मकवानपुरको बकैयाँ गाउँपालिकाको धियालमा नौ फिट लामो बाघ देखापरेपछी वन्यजन्तुको सिकारगर्नेहरुले बाघको हत्या गरेका थिए । नौ फिट लामो पाटे बाघको हत्या गरेर छाला बिक्री गर्न लाग्दा प्रहरीले बकैयाबाट एक जनालाई बाघको छाला सहित पक्राउ गरेको थियो । अहिले छाला सहित पक्राउ परेकालाई अदालतमा मुद्धा दायर गरिएको वन अधिकृत धितालले बताउनुभयो । यसैगरी जिल्ला वन कार्यालय मकवानपुर र प्रहरीले घाईते मृग सहित ३ जनालाई पक्राउ गरेको छ ।

ईलाका  प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले  हेटौडा  १९ नेवारपानी स्थित सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना २ ह १३१५ नम्बर को अटोलाई  चेकजाँच गर्ने क्रममा  घाईते मृग सहित पक्राउ गरेको जिल्ला वन अधिकृत प्रलाद धितालले बताउनुभयो । पक्राउ पर्नेमा  हेटौडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुर बस्ने बर्ष २५ को आशिष लामा सोही ठाउ बस्ने बर्ष २८ का सरोज तामाङ र बर्ष १९ को अनिल तामाङ रहेका छन् ।

निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको र घाईते मृगलाई जिल्ला बन कार्यालय मकवानपुरले उपचार सुरु गरेको छ ।
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
ban-1522313319.jpg
satguru-1517999642.gif

ताजा खबर सबै

एम.आई.एच.एम हेटौंडाका १७ बिद्यार्थीलाई सर्टिफिकेट वितरण, १३ जनाको जागिर पक्का
mihm-1527084917.jpg
हेटौंडामा कुकिङ कोर्ष संचालन गर्ने एक मात्र इन्स्टिच्युट मेगा इन्स्टिच्युट  अफ हस्पिटालिटि म्यानेजमेन्टले...
हेटौंडाबाट सय लिटर घरेलु मदिरा नियन्त्रण
madira-2075-02-09-1527079132.jpg
मकवानपुरका बिभीन्न स्थानबाट प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिनेक्रम जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय...
लागूऔषध गाजा सहित हेटौंडाबाट २ जना पक्राउ
gggg-1527079000.jpg
लागूऔषध गाजा सहित हेटौंडा १५ रातोमाटेबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय...
हेटौंडा आएर लालबाबु पण्डीतले भने : 'चिन्ता नगर्नुस चाहिए जती कर्मचारी पठाउछौ'
30AADDFC-F84C-47B0-B075-3-1527007784.png
संघिय मामिला मन्त्री लालबाबु पण्डीतले यही जेठ महिना सम्ममा सबै स्थानीय तहमा कर्मचारी पुर्याईसक्ने...
कुनैपनि परिवारलाई खानेपानीको अभाव हुन दिदैनौं : मेयर महत
haribol2-1527007168.JPG
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि परिवारलाई खानेपानीको अभाब हुन नदिने बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
अबैधानिक कर संकलन गर्नेे हेटौंडाको तौलपुल प्रशासनद्धारा बन्द
band-1525437502.jpg

यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको तौलपुल आज...
2.
गाडी नचलाउनेलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, मकवानपुरका सिडियो कारवाहीको तयारीमा
1523863308-1525419149.jpg

यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थ...
3.
गृहमन्त्रीको निर्देशन लगत्तै हेटौंडाबाट ३ जना यातायात व्यवसायी पक्राउ
newwwwww-1525420404.jpg

सिन्डिकेट पक्षधरलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादलले निर्देशन दिए लगत्तै प्रहरीले...
4.
हेटौंडाबाट घाईते मृग सहित ३ जना पक्राउ
123-1526029806.jpg

हेटौंडाबाट प्रहरीले घाइते मृग सहित ३ जनालाई पराउ गरेको छ । बिहिबार राती ईलाका प्रहरी कार्यालय नेवारपानीबाट...
5.
आजदेखि मलमास सुरु, के गर्न हुन्छ के गर्न हुदैन ?
bishnu-god_NJ7JpRZ6Dw-600-1526384549.jpg

धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु हुदैछ ।  मंगलवार बेलुका ५ बजेर ५३...