सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ

2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले २ सय ३ केजी गाँजा सहित ६ जनालाई पक्राउ गरिएको हो । बिशेष सुराकीका आधारमा मकवानपुरको मनहरी गाउँपालिका वडा नंमबर ९ खरंङगा र हेटौंडा ११ सरस्वतीबाट गाँजा बरामद गरिएको हो । मनहरीको खरंङगाबाट भारतिय नंमबर प्लेटको बिआर आईपी २३४५ नंमबरको बोलेरो जिपमा राखेर ल्याइएको ८८ केजी ७ सय २० ग्राम गाँजा बरामद गरिएको छ ।

गाजा ओसार पसार गर्ने उदयपुर ताीली गाउँपालिका वडा नंमबर १ पिपल भन्ज्याङ बस्ने ५८ बर्षिय पदम हमाल ठकुरी, सिराहा धनगढी नगरपालिका ३ बस्ने ३५ बर्षिय सुरेश कुमार महतो, सिराहा औरही गाउँपालिका २ बस्ने ४४ बर्षिय छेदी दास र मकवानपुर राक्सीराङ गाउँपालिका वडानंमबर १ बस्ने ४२ बर्षिय कृष्णबहादुर मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताउनुभयो ।

उनिहरुले बोलेरो गाढीमा फल्स बटम बनाएर लुकाएर भारत निकासी गर्न लागिएको अबस्थामा पक्राउ गरिएको हो । यसैगरी हेटौंडा ११ सरस्वतीबाट ना ३ च ४७६२ नंमबरको सेतो बोलेरो पिकअपमा फल्स बटम बनाएर एक सय १५ केजी गाँजा निकासी गर्न लैजान लागिएको अबस्थामा दुईजना सहित प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुरबाट महोतरी हुँदे भारततर्फ लैजान लागिएको अबस्थामा सिंधुली कमलामाई नगरपालिका वडानंम्बर १२ बस्ने ३६ बर्षिय दिनेश मगर  र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ बस्ने ३१ बर्षको ज्ञानबहादुर बुढासैलीलाई सरस्वतीबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक गुरुङले बताउनुभयो । यो गाढीमा पनि फल्स बटम बनाएर पटक पटक लागूऔषध कारोबार गर्नेगरेको हुन सक्ने प्रहरीले जनाएको छ । पक्राउ परेका पदम हमाल ठकुरी बिगत चार बर्ष अगाढी देखि मकवानपुर जिल्लाबाट गाँजा र चरेश संकलन गर्ने र भारत निकासी गर्ने काममा संलग्न रहेको एसपी गुरुङले बताउनुभयो ।

त्यसैगरी चालक छेदी दास र कृष्णबहादुर मोक्तान पटक पटक लागूऔषध गाँजा र चरेशको कारोबारमा सक्रिय रहेको प्रहरीको अनुसंधानबाट खुलेको छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...