सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मकवानपुरे पत्रकारले सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

Capture-1536132620.JPG

नेपाल पत्रकार महासंघ मकवानपुर साखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएक कानुन परिमार्जन गर्न माग गर्दै आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट सहितका पत्रकारले आज प्रमुख जिल्ला अधिकारी असमान तामाङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । यही भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकालेती बुँदाहरु तत्काल संशोधन गर्न महासंघ मकवानपुर साखाले माग गरेको हो ।

मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधानहरुलाई हेर्दा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीकै आधारमा संचारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएकाले यसलाई सच्याउन माग गरिएको हो ।  यो ऐनका प्रावधानहरु लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चारमाध्यम सम्बन्धी छुट्टै ऐनहरुमा समेत यस ऐनमा उल्लेखित विषयका सन्दर्भमा कुनै प्रावधानहरु नै नराखिएकाले यो ऐनबाट सञ्चारमाध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था देखिन्छ त्यसैले यसलाई गम्भिरतापुर्बक लिनका लागि माग समेत गरिएको छ ।

ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन÷प्रसारण गर्न बाधा हुनसक्ने देखिएको छ । सञ्चारमाध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउनु नहुने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताउनुभयो । पत्रकार र सञ्चारमाध्यमका लागि मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का केही प्रावधानहरु जटिल र प्रेस स्वतन्त्रता विरोधी भएको नेपाल पत्रकार महासंघको ठहर छ । तसर्थ, ती प्रावधानहरुमा तत्काल संशोधन गरी संविधानको प्रस्तावनामा नै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेण्टी गर्न महासंघ नेपाल सरकारसँग जोडदार माग गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो ।

दफा ४९ को उपदफा ४ को व्यवस्थालेसञ्चारमाध्यममा प्रकाशित÷प्रसारित कसैका विचार वा सामग्रीले यसखालको कसुर गर्न उक्साएको भनेर सञ्चारमाध्यमका सञ्चालक र सम्पादकहरुमाथि मुद्दा दायर हुन सक्ने संभावना छ । यसमासञ्चारमाध्यममा प्रकाशित÷सामग्रीका सन्दर्भमा भने यो दफा लागू नहुने भनेर उल्लेख गरिनु पर्ने महासंघको माग छ ।  ऐनका कुनै पनि प्रावधानमासञ्चारमाध्यमबाट हुने कसुरलाई फौजदारी कसुर मानिनु हुँदैन र सञ्चारमाध्यममा लेखेर भएका गल्तीलाई देवानी कसुरसम्म मात्र सीमित राखिनु पर्ने महासंघको माग छ । 

ज्ञापनपत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी असमान तामाङले पत्रकार महासंघको ज्ञापनपत्र जस्ताको तस्तै प्रधानमनत्री समक्ष पठाईदिने बताउनुभयो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...