सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मेयर कपको उपाधि हेटौंडा–१० नम्बर वडाको पोल्टोमा

meyar-1520959077.jpg

मेयर कप फुटबल प्रतियोगिता–२०७४ को उपाधि हेटौंडा–१० नम्बर वडाको भूटनदेवी टिमले जितेको छ ।

हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनल खेलमा ९ नम्बर वडाको कुष्माण्ड टिमलाई १–० गोलअन्तरले पन्छाउँदै १० नम्बर वडा च्याम्पियन भएको हो । १० नम्बर वडा अघिल्लो संस्करणको उपविजेता समेत हो । भूटनदेवी फुटबल टिमको तर्फबाट निर्णायक गोल सुशान्त लामाले गरे । उनले खेलको ६० औं मिनेटमा राष्ट्रिय खेलाडी रञ्जन बिष्टले उपलब्ध गराएको बललाई सहजै गोलमा परिणत गरेका थिए । लामा फाइनल खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद पाँचहजार रुपियाँ प्राप्त गरे ।

च्याम्पियन १० नम्बर वडाले उपाधिसहित नगद एकलाख ५० हजार रुपियाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेता टोलीले नगद ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । खेलका अधिकांश समय दश नम्बरले बललाई आफ्नो नियन्त्रणमा राखेपनि थप गोल भने गर्न सकेन । फाइनल खेलमा ९ नम्बरका खेलाडी अमिर श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । १० नम्बरका स्ट्राइकर वीके लामाले दोस्रो हाफमा प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । फाइनल खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता १० नम्ब्र वडाका सुशान्त लामा भए । उनले ३ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै ९ नम्बरका अमिर श्रेष्ठले नगद १५ हजार रुपियाँ प्राप्त गरे ।

१० नम्बरका मनोज बिष्ट उत्कृष्ट डिफेन्डर, विवेक गुरुङ मिडफिल्डर, वीके लामा उत्कृष्ट फरवर्ड र रुपक मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । ९ नम्बरका सिचन लामा उत्कृष्ट गोलरक्षक घोषित हुँदा ३ नम्बर वडाका विजय दोङ सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट सवै खेलाडी तथा प्रशिक्षकले जनही नगद सातहजार पाँचसय रुपियाँ प्राप्त गरे । विजेता, उपविजेता तथा सम्पूर्ण उत्कृष्ट खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीना लाामा, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिना, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विकासराज खनाललगायतले पुरस्कार प्रदान गरेका थिए । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा भएको प्रतियोगितामा १९ वटा वडाहरुको सहभागिता रहेको थियो । फागुन १९ गतेबाट हेटौंडामा सुरु भएको प्रतियोगिता नकाउट आधारमा सञ्चालन गरिएको थियो । प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने र नगद राशिमा समेत बृद्धि गरिने आयोजकले बताएको छ ।

प्रतियोगिताको समापनको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापालाई खेल क्षेत्रको प्रोत्साहनसंगै शान्ति सुरक्षामा विशेष सहयोग पु¥याएको भन्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...