सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

मुलुक निर्माणका लागि पहिलो भुमिका पत्रकारको : मुख्यमन्त्री पौडेल

mani-1525358189-1525938885.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारको भुमिका मुलुक निर्माण गर्नका लागि पहिलो भुमिका हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरको ब्याबस्थापनमा नेपाल पत्रकार महासंघ तीन नंमबर प्रदेश समितिमा नब निर्बाचित कार्यसमितिको सफथ ग्रहण, प्रमाणपत्र बितरण तथा बधाई ज्ञापन कार्यक्रमको हेटौंडामा उध्घाटन् गर्दै उहाँले पत्रकारकै कारण मुलुकमा बषै अगाढी देखि जगढीएको यातायात सेण्डिगेटको अन्त्य भएको बताउनुभयो । पहिले पनि सेण्डिगेटको अन्त्यका लागि सरकारले प्रयास गर्दा पनि नसकेको बताउँदै उहाँले भन्नुभयो– सरकार एक्लैले चाहेर पनि केही गर्न सक्दैन । तर सिङगो संचार जगतको पनिस हयोगका कारण सेण्डिगेटको अन्त्य भएको छ ।’ मिडीयाको ठुलो र महत्वपुर्ण भुमिका हुने भएकाले हरेक कुरामा सहयोग गर्नका लागि आग्रह समेत गर्नुभयो । प्रदेश सरकारले मिडीयाका निम्ती पनि सहयोग गर्नका लागि तयार रहेको बताउदै उहाँले भन्नुभयो–पत्रकार प्रदेश समितिको कार्यालय स्थापना गर्न र कार्यालय संचालनका लागि आफुहरु सहयोग गर्न तयार रहेका छौ ।’ हेटौंडा काठमाण्डौ सुरुङ मार्गलाई प्रदेशको गौरबको रुपमा राखिएको उहाँको भनाई छ ।

यो प्रदेशले दुईबर्षबाट हेटोंडा काठमाण्डौ सुरुङबाट हिड्न सक्ने गरी तयारी थालिएको उहाँको भनाई छ । तीन नंम्बर प्रदेशको अभियान भ्रष्टाचार मुक्त प्रदेश बनाउन संचारकर्मीले सहयोग गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टले मिडीयालाई सेवा उद्योगका रुपमा बिकाश गर्नुपर्ने बताउनुभयो । सरकारी बिज्ञापन समानुपातीक ढंगले बितरण गर्ने परिपाटी बसाल्नुपर्ने उहाँले बताउनुभयो ।

अबको कानुनमा संघ, प्रदेश र स्थानीय तहले प्रेश स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले संचार क्षेलाई सक्दो सहयोग गरेर अगाढी बढ्नका लागि आफुहरु तयार रहेको बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले तीन नंम्बर प्रदेशको पत्रकार महासंघलाई उपयुक्त छानेको सरकारी भवन उपलब्ध गराउने घोषणा गर्नुभयो । भवन दिने काम संगै पत्रकारका निम्ती सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । आउँदो असार महिनामा सरकारी भवन उपमहानगरपालिकाको मातहतमा आउने भएकाले यी भवनहरु पत्रकार महासंघ प्रदेशलाई उपलब्ध गराउन लागिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नंमबर प्रदेशका नब निर्बाचित अध्यक्ष प्रताप बिष्टले यस प्रदेशका पत्रकारका निम्ती सबैको सहयोगको आबस्यक्ता रहेको बताउनुभयो । कार्यmक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्ब अध्यक्ष तथा मुख्य निर्बाचन अधिकृत नबराज शर्मा, तीन नंमबर प्रदेश पत्रकार महासंघका निकट्तम प्रतिद्धवन्दी गिरीजा अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्धवारीका काफ्लेको अध्यक्षतामा भएको हो । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...
सहकारीको पुँजी राष्ट्र निर्माणमा लैजानुपर्छ : मुख्यमन्त्री पौडेल
Dormani-1538842677.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पुँजीलाई राष्ट्र निर्माणमा लैजानुपर्ने बताउनुभएको छ...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...