सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

लोक नृत्य प्रतियोगिता : सोलिड्यारिटी इन्टरनेशनल प्रथम

first-1538239534.png

सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ स्कूलका विद्यार्थीले प्रस्तुत गरेको घाँटु नाँच अब्बल ठहरिएको छ ।

शनिबार भएको आशिष मानन्धर स्मृति नृत्य प्रतियोगितामा १६ वटा विद्यालयलाई पछि पार्दै सोलिड्यारिटीले प्रथम स्थान हाँसिल गर्न सफल भयो । यसैगरी हरिया÷होली नाँच प्रस्तुत गरेको तुल्सी मेहर सेकेण्डरी बोर्डिङ स्कूल दोस्रो हुदाँ तामाङ सेलो प्रस्तुत गरेको कमाने एकेडेमी तृतीय भए । प्रतियोगितामा कौँडा नाँच प्रस्तुत गरेको सत्यम जेभियर्स र तामाङ सेलो प्रस्तुत गरेको चन्द्रोदय माध्यमिक विद्यालयल सान्त्वना हुन सफल भयो ।

हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भएको नवोदय प्रथम अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले क्रमश नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरीएको थियो । यसैगरी सान्त्वना भएको विद्यालयलाई नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको थियो । मकवानपुर जिल्लामा रहेको ३ वटा सरकारी तथा १४ वटा नीजि विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा मारुनी, तमाङ सेलो, नेवारी, कौँडा, घाँटु, मगरलगायतको नृत्य प्रस्तुत गरेको थियो ।

प्रतियोगिता कार्यक्रम संयोजक दिलिप लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन मकवानपुरका अध्यक्ष मदन दहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नवोदय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले प्रतियोगिताले नेपालमा लोप हुन लागेको सँस्कृतिलाई संंरक्षण गर्ने रहेको बताए । कार्यक्रममा बोल्दै विद्यालयका प्रशासन प्रमुख सुरज बस्नेत विद्यालयका डान्स शिक्षक आशिष मानन्धरको इच्छा मूर्तरुप दिनको लागि प्रतियोगिता आयोजना गरेको बताए । पहिलो पटक आयोजना गरेको नृत्य प्रतियोगितालाई हरेक वर्ष सञ्चालन गरीने उनले बताए ।

प्रतियोगितामा निर्णायक रहेका मकवानपुरका संगीतकार आशाकाजी श्रेष्ठले जिल्लामा रहेका अन्य जातजातीको नृत्य प्रस्तुत नहुँदा गुनासो व्यक्त गरेका थिए । उनले सँस्कृतिलाई संरक्षण गर्नका निम्ति स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए । प्रतियोगिताको निर्णायकमा श्रेष्ठ, सञ्जयराम उपाध्याय र सर्मिला महर्जन रहेका थिए । कार्यक्रममा नवोदय विद्यालयका विद्यार्थीले काँैडा, सतार र मिक्स फयूजन नृत्य प्रस्तुत गर्नुका साथै बालगायक चिराग डंगोलले आफ्नो गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नवोदय विद्यालयका प्रिन्सिपल सकुन्तला जोशीलगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरुको सहभागीता रहेको थियो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...