सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

खल्तीबाट चिट निकालेर परियोजनाका लागि बजेट विनियोजन हुदैन : मुख्यमन्त्री पौडेल

web-(1)-1537977379.JPG

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खल्तीबाट चिट निकालेर परियोजनाका लागि बजेट विनियोजन हुने परिपाटिको अन्त्य हुने बताउनुभएको छ ।

यस अघि परियोजनाको छलफल नै नगरी बजेट विनियोजन हुने गरेको भन्दै यसलाई सुधार गरिने उहा“को भनाई थियो । ३ नम्बर प्रदेशका मुख्यमन्त्री एबम् नीति तथा योजना आयोगका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले मुख्यगरी प्रदेशका गौरबका आयोजनाहरुलाई प्राथमिकता दिने भएको छ । ३ नम्बर प्रदेशको प्रदेश नीति तथा योजना आयोगनले परियोजना बैंक निर्माण प्रक्रियालाई तिब्रता दिने भएको छ ।

महत्वपूर्ण योजनाहरुलाई परियोजना बैंकमा राखेर छलफल गरिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । योजनाहरुको पूर्व तयारी भएपछि विकास निर्माणका काम सुरु गर्न सजिलो हुने उहा“को भनाई थियो । यसैगरी आगामी बर्षहरुमा सञ्चालन गरिने अधिकांस योजनाहरुलार्य परियोजना बैंकमा समाबेश गरीने जनाईएको छ । परीयोजना बैंक निर्माणका लागि आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा  तीन सदस्यीय प्राविधिक समित बनाउने निर्णय गरेको छ । समितिले आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, संस्थागत, दृष्टिकोणले उपर्युक्त परियोजनाको आधारहरु  पहिचान गर्ने लगायतका कार्यहरु गर्ने उपाध्यक्ष डा. देवकोटाले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको बजेट तयार गर्दा परियोजना बैंकबाट आएका परियोजनाहरुलाई  मात्र छनोट गर्ने निर्णय भएको डा. देबकोटाले बताउनुभयो । यसैगरी यथासक्य मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश विकास परिषद पनि गठन गर्ने निर्णय गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, प्रमुख सचिब आनन्दराज ढकाल, नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, आर्थिक मामिला तथा योजना मन्त्रालका सचिब केवल भण्डारी सहभागि हुनुहुन्थ्यो ।

यसैगरी बुधबार नै नीति तथा योजना आयोगका आधिकारीक वेव साईटको पनि सुरुवाता गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले www.pppc.p3.gov.np को उद्घाटन गर्नुभएको हो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...