सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

कसैको जागिर हैन, सेवा गरेका छौं : मकवानपुरे नर्स

DSCN0082-1526140816.JPG

मकवानपुरका विभीन्न स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरुले आफुहरु कसैको जागिर भन्दा पनि सेवामुलक ढंगले बिरामीको उपचार गर्ने गरेको बताएका छन् ।

नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा अन्तराष्ट्रिय नर्सिङ दिबसको अबसरमा आयोजित कार्यक्रममा सहभागिहरुले यस्तोकुरा बताएका हुन् । कार्यक्रमको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अबका दिनहरुमा हेटौंडामा महिलाले मात्र होईनकी पुरुषले पनि नर्स पढ्न पाउने ब्यबस्था गरिने बताउनुभयो । अहिले नर्स पढ्नका लागि सरकारले महिलालाई मात्र दिने गरेको बताउँदै उहाँले आगामी आर्थिक बर्षमा अब पुरुषले पनि नर्सिङ पढ्न पाउने गरी निर्णय गरिने बताउनुभयो । बिदेसमा पुरुषले पनि नर्सिङ पढ्न पाउने र काम गर्ने ब्यबस्था छ ।

तर नेपालमा अहिले पुरुषलाई नर्सिङ पढ्न र काम गर्न समस्या भएकाले यो बेबस्था गरिने मेयर महतले बताउनुभयो । पहिले सरकारले  नर्सहरुले स्वास्थ्य संस्थामा गरेको कामको सधै मुल्याङकन गरिने उहाँले बताउनुभयो । यो पेसामा आबद्धहरुलाई सहयोग पनि गरिने मेयर महतको भनाई छ । कार्यक्रममा नेपाल नर्सिङ संघका केन्द्रीय सदस्य रमेश सुब्बाले पुरुषलाई पनि सरकारले सबैतिर नर्सिङ पढ्ने ब्याबस्था गर्नुपर्ने बताउनुभयो ।

पुरुषले नर्सिङ पढ्नका लागि बिदेशनै जानुपर्ने बाध्यता सरकारले हटाउनुपपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले नर्सिङ पास गरेपछी युरोपियन देश जाने सपना बुन्नु भन्दा पनि स्वदेशमानै बिकट गाउँमा गएर स्वास्थ्य सेवा दिने भाबना यसक्षेत्रमा लागेकाहरुले बढाउनुपर्ने बताउनुभयो ।

नसिङ पेसालाई जागिरमा भन्दा पनि सेवाको भावनाले काम गरिनुपर्ने अध्यक्ष हुमागाईले बताउनुभयो । कार्यक्रममा तीन नंम्बर प्देशका सामाजिक बिकाश मनत्रालयका स्वास्थ्य महासाखाका सतिश बिष्ट, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिबंश भेटवाल, हेटोंडा अस्पतालका डाक्टर राजु सेडाई, नर्सिङ संघका सल्लाहकार रत्ना गुरागाई, संघका जिल्ला सचिब निर्मला ब्लोन लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो । नेपाल नर्सिङ संघ मकवानपुरका अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नर्सिङ पेसाबाट सेवा निबृत हुनुभएका पाँच जनालाई आज दोसल्लाह ओढाएर सम्ममानित गरिएको छ । बषौ सम्म नर्सिङ पेसामा आबद्ध हुनुभएका चम्पा कोजु, रत्ना लामा, पुर्ण दराई, धना राईलाई आज सम्मानित गरिएको हो ।

उनिहरु पाँचै जनालाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले दोसल्लाह ओढाएर, प्रमाणपत्र बितरण गर्दै सम्मान गर्नुभएको थियो । यसैगरी नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा रत्तदान कायृक्रम पनि भएको छ । रक्तदान कार्यक्रमको मेयर महतले उध्घाटन् गर्नुभयो । कार्यक्रममा धेरैजसो नर्सिङ क्षेत्रमा लागेकाहरुले रगत दान गरेका छन् । 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...