सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

कन्सल्टेन्सी सेवाको दर्ता बन्द, हेटौंडाका अबैध सस्था के होलान् ?

banda-1533317024.jpg

पछिल्लो समय शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षाका सेवाप्रदायक संस्थाहरूको मनलाग्दी र शिक्षाका नाममा गलत गतिविधि बढ्न थालेपछि सरकारले यसलाई कडाइका साथ नियमन गर्न सुरु गरेको छ ।

सरकारले शैक्षिक परामर्शदाता संस्था इन्स्टिच्युट र कन्सल्टेन्सी सेवाको दर्तानै बन्द गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार मंगलबारदेखि लागू हुनेगरी कन्सल्टेन्सी दर्ता बन्द गरिएको हो । अर्को नीतिगत व्यवस्था नभएसम्म कन्सल्टेन्सी दर्ता बन्द भएको छ । आवेदन लिने कार्य पनि स्थगित भएको छ । तर सञ्चालनमा रहेका कन्सल्टेन्सीको नवीकरण भने यथावत रहनेछ । हाल २ हजार २५६ वटा यस्ता संस्था सञ्चालमा छन् । जसमा १ हजार ४७३ वटा मात्रै स्वीकृति पाएका छन् ।
अहिले देशका हरेक शहरमा शैक्षिक परामर्श भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा संचालक गर्ने सस्थाहरु छ्यापछ्याप्ती छन् तर केहिले मात्र अनुमति लिएर संचालनमा छन् धेरै जसो अबैधानिक भेटिन्छन् । यस्ता संस्थाका कारण विद्यार्थी ठगिने गरेका छन् ।

मकवानपुर जिल्लाकै कुरा गर्नुपर्दा हेटौंडामा पनि अधिकांस इन्स्टिच्युट र कन्सल्टेन्सीले शैशिक परामर्श, भाषा शिक्षण तथा पूर्व तयारी कक्षाका नाममा बिना दर्ता, बिना स्वीकृति खुलेआम अबैध धन्दा चलाइरहेका छन् । यस बिषयमा हेटौंडा खबरबाट नियमित खबर प्रकाशन हुनथालेपछी मकवानपुर प्रशासनले अनुगमन पनि गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मंगलबारको निर्णय संगै हेटौंडाका अबैध इन्स्टिच्युट तथा कन्सल्टेन्सी बन्द हुने भएका छन् ।
मन्त्रालय सम्म नपुगेका र प्रक्रियामै नगएका त्यस्ता सस्था अब बन्द हुनेछन् ।हेटौंडामा ३ दर्जन इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरु संचालनमा रहेका छन् । जसमध्य ४ वटाले मात्र शिक्षा मन्त्रालयको अनुमति लिएका छन् । ८ वटा दर्ता प्रक्रियामा गई मन्त्रालयबाट अनुगमन समेत भई निर्णय प्रक्रियामा छन् भने केहि प्रक्रियामा जादै छन् ।

यस्तो थियो दर्ता प्रक्रिया
नेपाल सरकार शिक्षा मन्त्रालय शैक्षिक परामर्श सेवा तथा शिक्षणसम्बन्धी निर्देशिका २०६८ अनुसार शैक्षिक परामर्श, पुर्व तयारि कक्षा तथा शिक्षण सम्बन्धी कार्य गर्ने सस्थाले संचालन स्वीकृति र अनुमति लिन सुरुमा मूल्य अभिबृदी कर ९ख्ब्त्०मा दर्ता गरी दर्ता भएको ६ महिना भित्र शिक्षा मन्त्रालयमा सस्था संचालनका लागि आवेदन दिनुपर्छ । मन्त्रालयमा दस्तुर बुझाएपश्चात अनुगमन समितिले प्रतिवेदन लिएपछि अध्यन प्रतिवेदन अनुसार मन्त्रिस्तरीय निर्णय अनुसार सस्था संचालनका लागि स्वीकृति दिने व्यवस्था रहेको थियो ।
तर हेटौंडाका अधिकांस इन्स्टिच्युट र कन्सल्टेन्सीले शिक्षा मन्त्रालयको अनुमति नै लिएका छैनन् । संचार माध्यममा समाचार आउन थालेपछि केहिले कम्पनि दर्ता गरेर शिक्षा मन्त्रालय सम्म पुगेर दस्तुर तिर्न भ्याएका छन् । तर मंगलबारको निर्णय अनुसार प्रक्रियामा रहेका सात सय ८६ संस्थाको दर्ता प्रक्रिया पनि बीचैमा तुहिएको छ । सेवा सञ्चालन स्वीकृतिका लागि आवेदन पेश गरी निर्णय प्रक्रियामा रहेका कन्सलटेन्सीले पनि सञ्चालन स्वीकृति नपाउने भएका छन् । स्वीकृति प्राप्त संस्थाहरूले आफ्ना कागजातहरू समयमै अद्यावधिक गरी राख्न समेत शिक्षा मन्त्रालयले निर्देशन गरेको छ ।

अब प्रदेश सरकारको काम
मन्त्रालयका अनुसार संघीय, प्रादेशिक वा स्थानीय सरकारको अधिकार क्षेत्र निर्धारण गरी ऐन÷नियम संशोधन एवं परिमार्जन गर्न आवश्यक देखिएकाले अर्को व्यवस्था नभएसम्मका लागि आवेदन लिने कार्य स्थगित गरिएको छ ।
शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमनगर्ने कार्य तथा जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएकोले शैक्षिक परामर्श सम्बन्धि सम्पूर्ण काम अब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलका प्रेस संयोजक सुनिल खड्काले बताउनुभयो । अब यस सम्बन्धि सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg
हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
आज विजयादशमी, टीकाको साइत बिहान ९:५१ बजे
Dashain-1539919615.jpg
आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा...
मकवानपुर प्रहरीद्वारा ४४ बिगाह गाँजा खेती फडानी
Capture-1539099843.JPG
मकवानपुर प्रहरीले ५ दिनमा ४४ बिगाह गाँजा खेती फडानी गरेको छ  यही असोझ १८ गतेदेखि २२ गते सम्ममा मकवानपुरको...
मानवअधिकार र स्थानीय सुशासन सम्बन्धी कार्यक्रम
Manav-Adhikari-&-Sthaniya-1539098347.jpg
मकवानपुरको मनहरीमा सीमान्तकृत समुदायको मानवअधिकार तथा स्थानीय निकायका सुशासन प्रक्रिया सम्बन्धि तालिम तथा...
पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो : मुख्यमन्त्री पौडेल
dormani-1-1539085527.jpg
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूँजीगत खर्चको काम सम्पन्न गराउन गाह्रो भएको बताउनुभएको छ ।...

लोकप्रिय खबर

1.
हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा भेटिए मकवानपुरका नेत्र प्रसाद आचार्य
Default

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित पुर्ब पश्चिम् लोकमार्ग, हेटौंडा -पथलैया सडकखण्डमा लडेको अवस्थामा...
2.
हेटौंडामा सुमोहरुको लुटतन्त्र ! मौन छ प्रसाशन, वास्था छैन प्रहरीलाई
lut-1540029410.jpg

हेटौंडाबाट काठमाण्डौ जान लागेका सयौ यात्रुहरु आजबाट टाटासुमोबाट ठगिन थालेका छन् । दशै मान्नका लागि...
3.
हेटौंडाबाट पेस्तोल सहित एकजना पक्राउ
2323-1537718321.jpg

हेटौडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी...
4.
चर्चित क्रिकेटर लामिछाने हेटौंडामा सम्मानित
Samdeep-Lamichhane-Samman-1537753836.JPG

चर्चित राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने हेटौंडामा सम्मानित भएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी...
5.
आफुले दुईदर्जन महत्वपुर्ण काम गरेको मेयर महतको दावी
due-1538150821.jpg

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफु निर्बाचित भएर आएपछी दुई दर्जन भन्दा बढी राम्रा काम गरेको...