सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम

gadi-1537617056.jpg

मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि स्थानीयलाई झुक्याएको पाइएको छ  । 

समितिले २०७५ भदौ १ गतेबाट वडा नम्बर ३ मक्रान्चुलीका स्थानीय ४० जनालाई निशुल्क कम्प्युटर सम्बन्धि तालिम दिने भन्दै १ सय ४३ जना संग प्रति व्यक्ति ५०० का दरले रकम उठाएर तालिम पनि नदिएको र पैसा फिर्तापनी नगरेको स्थानीयको गुनासो छ । गढीगाउपालिका र सिटीईभिटी अन्तर्गतको हेटौडाको हाम्रो प्रशिक्षण तालिम केन्द्रको समन्वयमा कम्प्युटर तालिम दिने भन्दै रकम उठाईएको थियो । तर शुल्क उठाउने अपांग समन्वय समितिले आज सम्म न स्थानीयलाई कम्प्युटर सम्बन्धि तालिम दिएको छ, न पैसा नै फिर्ता गरेको छ । यो हेर्दा गाउँका स्थानियलाई गाउँपालिकाले नै झुक्याएको देखिन्छ । 'हामीलाई कम्प्युटर सम्बन्धि तामिल दिन्छ ५०० शुल्क लाग्छ भन्दै फारम भराएर पैसा चै लिए तर तालिम पनि दिएनन्, आज सम्म पैसा पनि फिर्ता गरेनन्, ' नाम नबताउने शर्तमा एक महिलाले भनिन् ।

उता अपांग समन्वय समितिका सचिव बिष्णु चौंलागाईलाई हामीले फोन गरेर तपाइले स्थानीयलाई ठगेकै हो ? भनि सोध्दा उनले अक्मकिदै भने, 'हामीले तालिम दिने भनेका थियौं अलिकति ढिला भो, अब चाडैनै संचालन गर्ने कुरो भाको छ, सिक्न नचाहनेलाई पैसा फिर्ता दिन्छौं पैसा लिन कोहि आउनुभएको छैन' ।

हामीले गढी गाउँपालिकाका प्रमुख बिदुर हुमागाईंलाई फोन गरेर सोध्दा यसबारे आफु बेखबर रहेको बताए । कम्प्युटर सम्बन्धि तालिमको लागि बजेट चाहियो भन्ने कुरो आएको थियो, मैले पहिले तालिम दिनुस अनि पछी हामि सहायोग गरौंला भनें, कसले कति पैसा उठायो मलाई थाहाछैन हुमागाईंले भने ।

                  पैसा तिरेको ३ थरी रसिद

स्थानीयसंग तालिमको फारम शुल्क बापत प्रतिव्यक्ति ५०० उठाएको अपांग समन्वय समितिले दिएको रसिद ३ थरि भेटिएको छ । यो हेर्नुस ।

एउटा रसिद नेपाल रोजगार तथा सिपमुलक तालिम केन्द्र हेटौडा ४ को रसिद छ भने अर्को आइटी सेविंग फन्डको रसिद छ । त्यस्तै आइटी सेविंग कै केहि रसिदमा हाम्रो प्रशिक्षण तालिम केन्द्रको छाप लगाइएकोको छ भने केहीमा छैन । यहि रसिदबाट पनि थाहा हुन्छ कि गाउँका सोझा स्थानीयलाई झुक्यौनै खोजिएको हो । रसिदका बिषयमा अपांग समन्वय समितिका सचिव बिष्णु चौंलागाईलाई बुज्दा रसिद काट्नेबेला आफुले हाम्रै रसिद दिउँ भनेको तर साथीहरुले केहि फरक पर्दैन भनेर हाम्रो प्रशिक्षण केन्द्रकै रसिद दिएको बताउछन् ।

उता हाम्रो प्रशिक्षण केन्द्र हेटौडाका प्रमुख श्याम अग्रवाललाई यी दूई नामका तपाइसंग रसिदहरु छन् ? तपाइहरुकै हो ? भनि सोध्दा सोझै दुइटै होईन भने । जबकी आइटी सेविंग फन्डको केहि रसिदमा हाम्रो प्रशिक्षणको छाप लगाइएको छ ।

त्यसैले यहाँ हाम्रो प्रशिक्षण तालिम केन्द्रले पनि झुट बोलेको छ ।

                  के हुन्छ स्थानियको पैसा ?

कम्प्युटर तालिम लिनका लागि १४३ जनाले फारम भरेको अपांग समन्वय समितिका सचिव बिष्णु चौंलागाईले बताएका छन् । १४३ जनाको ५०० का दरले ७१ हजार ५ सय हुन्छ । चौलागाईंले १५ जनाले भने फारम मात्र भरेको पैसा नदिएको बताउछन् । हामि संग कुरा गर्दा चौंलागाईले पैसा फिर्ता लिन आउनेलाई फिर्ता दिने बताएका छन् ।

यसरी गाउँपालिका मातहतको समितिले स्थानीयलाई झुक्याउनु र आज सम्म पनि रकम फिर्ता नदिनु लज्जास्पद कुरो हो । यो सोझै ठग्न खोगेको जस्तो देखिन्छ, उता गाउपालिका अध्यक्ष भने बेखबर छन् ।

   

 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...