सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
nmt-final-1531124951.jpg
mart-1531327605.gif

झण्डै एक करोड लगानीमा हेटौडाका सडक स्तर उन्नतीको काम सुरु

zz-1531327847.gif
sadak-1521370921.jpg

हेटौंडा उपमहानगरपालिकाको दुई स्थानमा शनिबारदेखि झण्डै एक करोड रुपैयाँ लगानीमा सडक स्तर उन्नतीको काम सुरु भएको छ ।

हेटौंडा १६ र १७ जोड्ने पुरानो फायरलाईरोड र हेटौंडा १४ को कालोपानी उत्तरपानी जाने सडकको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सिलान्याश गरेर काम सुरु गरिएको हो । फराकिला र चिल्ला सडक निर्माण गर्ने अभियान अनुसार पछी उपमहानगरपालिका संग जोडिएका यस क्षेत्रको सडकको सिलान्याश गर्दै उहाँले यो अभियान सबैतिर तीब्र गतिमा संचालन भएको बताउनुभयो ।

हटियाको पुरानो फायरलाईनमा मात्र कुल ६६ लाख ७९ हजार रुपैयाँ लागतमा ७ सय मिटर लम्बाईको सडक स्लाब ढलानको काम सुरु गरिएको हो । आठ मिटर फराकिलो सडकमा हेटौंडा उपमहानगरपालिकाले ५० लाख रुपैयाँ, स्थानिय उपभोक्ता समितिले १० लाख रुपैयाँ, जनश्रमदान ६ लाख ६६ हजार रुपैया लगानीमा सडक स्तरउन्नती गर्ने काम संचालनमा ल्याएको मेयर महतले बताउनुभयो । आफ्ना घर अगाढी सडक निर्माण गर्दा स्थानियको पनि लगानी भएमा अझै यस सडक निर्माणको काम गुणस्तरिय हुने र संरक्षण पनि हुने उहाँले बताउनुभयो ।

यो सडक निर्माण भएपछी यस भेगका करिब चार सय परिवारले प्रतक्ष रुपमा फाईदा लिन सक्नेछन् । यसैगरी हेटौंडा १४ कालोपानी उत्तरपानीमा पनि सडक स्तर उन्नती अन्तरगत स्लाब ढलानको मेयर महतले आजै सिलान्याश गर्नुभएको छ । यो सडक निर्माणका लागि कुल २६ लाख ७१ ह्जार रुपैयाँ लागको रहेको छ । ६ मिटर चौडाई र २ सय ६६ मिटर लम्बाई रहेको यस सडकमा स्थानियको जनश्रमदानबाट २ लाख, उपभोक्ताहरुबाट ४ लाख ५६ हजार रुपैयाँ लगानी गरेर काम सुरु गरिएको छ । सडक निर्माण भएपछी स्थानियहरुले प्रतक्ष रुपमा सिधै फाईदा लिन सक्नेछन् ।

सडक स्तरउन्नतीको काम सकिएपछी बर्षायाममा हिलो हुने र हिउँदमा छारो, धुलो उढ्ने समस्या पनि हट्ने छ । यसैगरी हेटौंडा उपमहानगरपालिका वडानंम्बर १० नेत्रज्योती मार्गमा सडक स्तरउन्नतीको काम आजबाट सुरु गरिएको छ । सडक स्तर उन्नतीको सिलान्याश गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बिकाशको काम गर्दा जनसहभागितामा काम गर्दा त्यसको छुट्टै महत्व हुने बताउनुभयो । अब हरेक सडक बिकाशको कामलाई अहिले तिब्रता दिइएको र त्यसमा जनसहभागितालाई जोडेर मात्र काम अगाढी बढाइएको बताउनुभयो ।

आफ्नो घर अगाढीको सडक निर्माण गर्दा घरधनि र जग्गा भउकाहरुले उल्लेख्य रुपमा लगानी गरेमा बिकाशका कामलाई पछी थपीएका वडा सम्म पु¥याउनका लागि थप सजिलो हुने बताउनुभयो । ८ मिटर फराकिलो यस सडक स्तरउन्नतीको पीचको काम संगै ८ मिटर चौडा पनि पारेर अगाढी बढाउन लागिएको हो । कुल ६३ लाख रुपैयाँ लागतमा निर्माणको काम सुरु गरिउको यस सडक निर्माण भएपछी यस भेगका धेरै परिवारलाई सहज हुने छ । सडक निर्माणको काम संगै सडक पेटी र त्यसमा ईन्टरलक पनि निर्माण गरिने मेयर महतले बताउनुभयो ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif
Mti-Final-1531042648.jpg

ताजा खबर सबै

हेटौंडाको सिद्धार्थ स्कुलमा कानुन पढ्ने विद्यार्थी बढे
33207171_1690421191051233-1532181541.jpg
हेटौंडा २ मा रहेको शिद्धार्थ माबिमा कक्षा ११ मा कानुन बिषय पढ्ने बिद्यार्थीहरुको चाप निकै बढेको छ । नारायणी...
हेटौंडाबाट २१ केजी चरेश सहित दुईजना पक्राउ
Default
प्रहरीले २१ केजी लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट पहरी निरीक्षक मधु...
हेटौंडा अस्पतालका विरामीलाई फलफुल
37528076_490704621351114_-1532162620.jpg
नेपाली कांग्रेस मकवानपुरले बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा कांग्रेस मकवानपुरले शनिबार विहान...
गोविन्द केसीको समर्थनमा बिशाल प्रर्दशन, बाबुराम भट्टराई देखी सुशीला कार्की सम्म , 'ओली सरकार रगतको खोलो नबगोस' !
kc-maitighar-1532160933.jpg
डा. गोविन्द केसीको समर्थनमा सरकारलाई दबाब दिन माइतिघर मण्डलामा बिसाल प्रदर्शन भएको छ । प्रर्दशनमा...
हेटौंडाबाट अबैध रुपमा गिट्टि-बालुवा ओसार्ने ट्र्याक्टर्-टिपर पक्राउ
hatgadi-1532102970.png
अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने ३ वटा टिपर र ट्याक्टर प्रहरिले पक्राउ छ  ।  शुक्रबार ईलाका प्रहरी...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल ! चक्रपथका लागि ट्रयाक खोलिने
aakase-1529860022.jpg

हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य बजार क्षेत्रमा आकासेपुल निर्माण गर्ने योजना बनाएको छ । उपमहानगरले...
2.
हेटौंडामा अश्लिल भिडियो बेच्ने ७ जना प्रहरीको फन्दामा
Default

हेटौंडामा अश्लिल भिडियोहरु डाउनलोड गरी बिक्रि बितरण गर्ने ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी...
3.
प्रदेश ३ को राजधानीका बिषयमा छलफल गर्न नपाईने, अदालतद्धारा कारण देखाउ आदेश
aades-1531403944.jpg

तीन नंम्बर प्रदेशको राजधानीका बिषयमा यहाँको प्रदेश सभा सचिवालयमा छलफल गर्न नपाईने भएको छ । तीन नंम्बर प्रदेशको...
4.
मकवानपुरका नयाँ एसपी भन्छन् : दबाबमा परी कुनै अपराधि छोड्दिन
10613155_1524982634456244-1529846354.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजबाट हाजिर हुनुभएका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले अपराध न्युनिकरणमा...
5.
एसईई को नतिजा सार्वजनिक, ५८ हजार विद्यार्थीले कक्षा ११ पढ्न पाएनन्
see_2074-1529772139.jpg

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । तोकिएको समय भन्दा झण्डै ५ घण्टा ढिलो नतिजा...