सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

जनताको नजिक रहेर काम गर्न मुख्यमन्त्रीको निर्देशन, राम्रो काम गर्ने स्थानीय तहलाई पुरस्कृत गरिने

mukhya-1526301537.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्थानिय तहको सरकारलाई जनताको सरकारको रुपमा नजिक रहेर काम गर्न निर्देशन दिनुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको प्रथम जिल्ला सभा एवं समिक्षा बैठकको आज हेटौडामा उध्घाटन् गर्दै उहाँले स्थानिय तहले पाएका सबै अधिकार कार्यनयन गरेर देखाउनका लागि उहाँले निर्देशन दिनुभयो । राम्रो काम गर्ने स्थानिय तहलाई प्रदेश सरककारले पुरस्कृत गर्ने बताउँदै उहाँले भन्नुभयो–तीन नंम्बर प्रदेशका १३ वटा जिल्लाहरुमा एउटा जिल्लाको उत्कृष्ट र नमुना काम गर्ने गाउँपाकिला वा नगपालिकालाई हौसलाको रुपमा ठुलै रकम दिएर पुरस्कृत गरिन्छ । अहिलेबाटनै नमुना मुलक काम गरेर देखाउनुस ।’ 

एकिकृत बस्ति बसालेर मात्र अबको बिकास संभव भएको बताउँदै उहाँले थोरै घर भएका बस्तीमा जति लगानी गरेपनि बिकास संभव नभएकाले बस्तिलाई एकठाउँमा ल्याउनुपर्ने बताउनुभयो । तीन नंम्बर प्रदेशले आफ्नो गौरवको योजनाका रुपमा भिमफेदीबाट  कुलेखानी सम्मको सुरुङ मार्ग निर्माण गर्ने योजना बनाएको उहाँले बताउनुभयो । अब सबै स्थानिय तहहरुले कम बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरेर लैजानुपर्ने बताउनुभयो । अहिलेको अबस्थामा समन्वय समितिको अधिकार कम भएको र अरु स्थानिय तहको अधिकार धेरै भएको उहाँको भनाई छ ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका प्रमुख सचिव रेस्मिराज पाण्डेले समन्वय समिति मार्फत संयुक्त गर्न मिल्ने कामहरुको थालनी गरिनुपर्ने बताउनुभयो । अहिलेको समयमा नदि दोहनको निकै बिक्रीती बढेकाले यसलाई स्थानिय तहले ब्यबस्थित गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काग्रेस तीन नंमबर प्रदेशका संसदिय दलका नेता ईन्द्रबहादुर बाँनियाले जनचाहना अनुसार स्थानिय तहले काम गरेर देखाउनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बिकाशको कामलाई आफुहरुले बढी प्राथमिकता दिएको बताउनुभयो । हेटौंडामा सडक निर्माण, पर्यटन, खानेपानी लगायतका क्षेत्रमा आफुहरुले बढी प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, कार्यक्रममा थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, स्थानिय तहहरुमा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुर गढी गाउँपाकिलाका अध्यक्ष बिदुर हुमागाई, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, बकैयाँ गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जिवन लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भगवती पुणासैनीले सवागत गर्नुभएको थियो । तीन नंमबर प्रदेशका मुख्यन्ँयायधिबक्ता सुर्यचन्द्र न्यौपाने, तीन नंमबर प्रदेशका सांसदहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, गाउँपाकिलाका उपाध्यक्षहरु, नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष हरि हुमागाई, बिभीन्न कार्यालयका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
jhakkas-1521710237.gif

ताजा खबर सबै

प्रदेश ३ को बैठक : चार विधेयक सर्वसम्मतिबाट पारित
pradesh-3-1534525725.jpg
प्रदेश नं ३ को आज अपराह्न बसेको प्रदेशसभा बैठकले विभिन्न चार विधेयकलाई सर्वसम्मतिबाट पारित गरिएकोे छ । सो...
कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई मुख्यमन्त्रीको यस्तो चेतावनी
Chief-minister-paudel-808-1534524117.jpg
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुन बिपरित कर बढाउने स्थानीय निकायलाई कारवाही गरिने बताउनुभएको छ ।...
हेटौंडामा अबैध रुपमा गिट्टी-बालुवा ओसार्ने ३ वटा ट्याक्टरलाई कारवाही
2-56-1534522380.jpg
अबैध रुपमा नदिजन्य पदार्थ (बालुवा, ढुङ्गा,गिट्टी) ओसार्ने ३ वटा ट्याक्टरलाई प्रहरीले कारवाही गरेको...
मुलुकी देवानी र फौजदारी संहिता एबं न्यायीक समितिको अवधारणा बिषयक अनुशिक्षण कार्यक्रम हेटौंडामा
samita-1534520740.jpg
हेटौंडा उपमहानगरपालिका न्यायीक समितिकोे आयोजनामा मुलुकी देवानी संहिता र फौजदारी संहिता एबं न्यायीक समितिको...
कानुन कार्यनयनमा जोड दिऔं : मुख्यमन्त्री
Dormani-Paudel-2-735x400-1534519745.jpg
तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब मुलुकका निम्ती कानुनको अभाब नभएकाले यसको कार्यनयनका लागि...

लोकप्रिय खबर

1.
हेटौंडामा १० बर्षिया बालिका जबरजस्ती करणीको सिकार !
ilustrasi.net_-1532622722.jpg

हेटौंडामा १० बर्षिया एक बालिका जवरजस्ती करणीको सिकार भएकी छिन् । बुधबार राति साढे ११ बजे हेटौंडा २ संगमचोक...
2.
मकवानपुरबाट २ सय ३ केजी गाँजा सहित ६ जना पक्राउ
2075.04.17-1533219903.jpg

मकवानपुरको दुई स्थानबाट प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।...
3.
हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी
om-1533703639.JPG

हेटौडाको ओम्याक्स सिनेमा हलमा आगलागी भएको छ । केहि समय अघिदेखि हलमा चारै तिरबाट आगोको मुस्लो निस्किएको छ । ...
4.
हेटौंडा-पथलैया सडकखण्डको आधाभार नजिक सडक दुर्घटना, १ जनाको ज्यान गयो
00-1532504642.jpg

पुर्व-पश्च्छिम राजमार्गको हेटौंडा-पथलैया सडकखण्ड अन्तर्गत पर्ने आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक...
5.
ओम्याक्स हलको आगलागी नियन्त्रणमा आयो
omax-1533710297.jpg

हेटौंडाको सुविधा सम्पन्न सिनेमा हल 'ओम्याक्स सिनेमा हल'मा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा...