सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा उपमहानगरपालिकामा ५५ जनाको दरबन्दी रिक्त
२९ जनाको म्याद सकिदा १९ वटै वडामा काम गर्नका लागि थप समस्या

rikt-1520956467.jpg

हेटौंडा उपमहानगरपालिकामा झण्डै पाँच दर्जन कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।

ठुलो संख्यामा दरबन्दि रिक्त हुँदा दैनिक काम चलाउनका लागि समेत समस्या भएको छ । साबिककै स्थानिय निकायको हेटौंडा नगरपालिका हुँदाको ११ वडाकै अबस्थामा पनि ५५ जना कर्मचारीको दरबन्दी खाली हुँदा सबैखालका काम अगाढी बढाउनका लागि समस्या भएको हो । अहिले स्थानिय तह निर्माण हुनु र साबिकका पाँच वटा गाबिस गाभिएर उपमहानगरपालिका हुँदा झनै धेरै कर्मचारी थपिनुपर्नेमा पहिलेको भएका दरबन्दी मध्यमा पनि ५५ जनाको दरबन्दी खाली भएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । 

यही फागुन मसान्तबाट हेटौंडाका १९ वटै वडामा स्थानिय बिकाश मन्त्रालयले स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम एलजिसीडिपी अन्तरगत २९ जना सामाजिक परिचारिकाको म्याद सकिएपछी झनै समस्या भएको छ । २९ जनाले यहाँका १९ वटा वडा कार्यालयमा वडा सचिब र वडाअध्यक्षलाई सहयोग पुग्नेगरी सबै खालका काम गरिरहेका थिए । यस कार्यक्रम अन्तरगत सरकारले गएको कार्तिक महिना देखि अबधि सकिदिएको छ । कार्तिक देखि फागुन महिना सम्ममा उपमहानगरपालिकाले आफ्नो श्रोतबाट २९ जना सामाजिक परिचारिकालाई तलब खुवाएपनि अब भने बढी आर्थिक भार पर्ने र करार समेत गर्न नमिल्ने भएपछि वडा कार्यालयहरुको काममा थप समस्या भएको वडाअध्यक्षहरु बताउँछन् । 

प्राबिधिक फाँट देखि प्रशाशनिक फाँट सम्मका ५५ जना दरबन्दी नहनु र सरकारले अरु करारमा कर्मचारी राख्न समेत नदिएकाले तिब्र गतिमा काम अगाढी बढाउनका लागि थप समस्या भएको मेयर महतले बताउनुभयो । कार्यालयको नक्सा फाँटमा कर्मचारी नेपाल सरकारले पनि नपठाउनु र अरु करारमा कर्मचारी पनि राख्न नपाएका कारण सबैभन्दा बढी समस्या भएको उहाँले बताउनुभयो ।

आम नागरिकको घुईचो बढेपनि थप कर्मचारी नभएका कारण समस्या भएको हो । नागरिकको कामलाई चुस्त दुरुस्त र छिटो छरितो रुपमा सक्ने अभियान जारी राख्दा पनि कर्मचारी अभाबका कारण झन समस्या बल्झीएको बताउँदै मेयर महतले भन्नुभयो–नेपाल सरकारले स्थानिय तहमा पर्याप्त कर्मचारी नदिएका कारणनै जनप्रतिनिधिहरु प्रति सेवा ग्राही रुष्ट हुन थालिसकेका छन् । बिना सेवा सुबिधा हामी जनप्रतिनिधि त खटिएकै छौ । तर कर्मचारी उपलब्ध नगराउँदा ठुलो समस्या सेवाग्राही सम्म पुगेको छ ।’

साबिकको नगरपालिका हुँदा खेर २ सय ८ जनाको दरबन्दी थियो । अहिले भने १ सय ५३ जना कर्मचारीको मात्र दरबन्दी रहेको छ । उपमहानगरपालिकामा महाँसाखा प्रमुखको दरबन्दी एकजना, सिभील ईन्जिनियरको दरबन्दी तीन जना, शाखा अधिकृतको दरबन्दी ४ जना, बरिष्ठ सहायकको दरबन्दी ३ जना, जुनियर मेकानिकल, आर्किटेक एक जना, ईलेक्ट्रिकल एकजना ईन्जिनियरको दरबन्दी खाली रहेको छ । यसैगरी अरु सहायक स्तरका कर्मचारी ९ जना, नगरप्रहरी ४ जना, सफाई कर्मचारी ५ जना, कार्यालय सहयोगी ४ जना, बारुणयन्त्र हवलदार ३ जना, नगर हवल्दार ३ जना, भारी सवारी चालक २ जना लगायत ५५ जना कर्मचारीको दरबन्दी रिक्त रहेको छ । 

उपमहानगरपालिका हुनका लागि पाँच वटा गाबिस थपिए । पहिले प्राबिधीक क्षेत्रका कर्मचारी करारमा नियुक्ती गरेर काम गर्नका लागि सजिलो भएपनि अहिले भने कुनैपनि खालका कर्मचारी नियुत्त गर्न सरकारले नदिएका कारण बिकाश निर्माणका कामहरु समयमानै सकेर फच्यौट गर्नका लागि समय लाग्ने भएको छ । स्थानिय तह निर्माण भएपछी कार्यापािलका, ब्याबस्थापीका र न्यायपालिकाको अधिकार दिइएको छ । तर कर्मचारी सरकारले उपलब्ध नगराएर हात गोढानै बाधेर राख्न खोजेको जनप्रतिनिधिहरु बताउँछन् । अधिकार दिए अनुसार कर्मचारी पनि पुरा हुनुपर्ने  उनिहरुको माग छ ।

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

पदमपोखरी ठुलोथलिमा अर्थिङ जडान
42303335_229119887959180_-1537639010.png
हेटौंटा– १३ पदमपोखरी ठुलोथलिमा नव संगठित नयाँ पाइलाले अर्थिङ जडान गरेको छ । केहि समय अघि यस क्षेत्रमा...
मनहरी सहकारीद्वारा पौने चार करोड कारोबार
03f377e27cafd8fcae95e9923-1537638418.jpg
मनहरी बचत तथा ऋण सहकारी संस्था मनहरीले गत आर्थिक बर्षमा पौने चार करोड रुपियाँ कारोबार गर्न सक्षम भएको छ...
कम्प्युटर तालिमको नाममा हरेक संग ५०० उठाइयो, तर गढी गाउपालिकाले दिएन तालिम
gadi-1537617056.jpg
मकवानपुरको गढी गाउँपालिकाको कार्यालय मातहतको सामाजिक विकास साखाबाट संचालित अपांग समन्वय समितिले गाउँका केहि...
मुख्यमन्त्रीद्वारा मक्राञ्चुलीको रुद्र बाटिका अवलोकन
news-foto-(1)-1537610553.JPG
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढि गाउपालिका मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद...
हेटौंडामा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल हाल्न घन्टौं लाइन (भिडियो)
laain-1537514829.jpg
ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि हेटौंडामा पेट्रालियम पदार्थको अभाव देखिएको...

लोकप्रिय खबर

1.
हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो-मयुरीहरुलाई छिर्नै नदिने तयारी !
ato-1535981340.jpg

तीन नंम्बर प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाले एक पछी अर्का सवारीका साधनलाई थप ब्यबस्थित...
2.
हेटौंडा– काठमाण्डौ सुरुङमार्ग कुनैपनि हालतमा निर्माण गर्छु : मुख्यमन्त्री पौडेल
baru-1537292943.jpg

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–भिमफेदी, कुलेखानी काठमाण्डौ सुरुङमार्ग कुनैपनि...
3.
आजदेखि हेटौंडामा पनी 'दोहोरी साँझ' संचालन
dohori-1536251573.jpg

हेटौडामा बिहिबार (आज) देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको छ ।  मकवानपुरका प्रकाश गौतम, हेमन्त मगर र...
4.
वर्ल्डलिंकले ल्यायो नया अफर: 'इन्टरनेट फररर, विदेश सररर', नेटमा भारी छुट-विदेश घुम्न पाइने !
sarara-1537270056.jpg

इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई नया अफर ल्याएको छ । चाडबाडलाई लक्षित...
5.
घुस लिएको आरोपमा अख्तियार हेटौंडाले दुई जनालाई समात्यो
ciaa4635-1537453923.jpg

अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई...