सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ'हामी संग जोडिन लाईक गर्नुहोस

Hetauda Khabar
mart-1531327605.gif

हेटौंडा उपमहानगरपालिकाको आम्दामी १ सय ९ प्रतिशत

aamdani-1538153628.jpg

हेटौंडा उपमहानगरपालिकाले एक बर्षमा १ सय ९ प्रतिशत आम्दामी गरेको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा उपमहानगरले आन्तरिक आय र बायह आय गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दामी गर्न सफल भएको हो । उपमहानगरपालिकाले आज पत्रकार समेलन गर्दै यसका बारे जानकारी दिएको हो । कार्यालयले एक अरब २४ करोड ३ लाख रुपैयाँ बायह आमदानी गरेको छ भने १८ करोड ९२ लाख ८९ हजार रुपैयाँ आन्तरिक आम्दामी गर्न सफल भएको हो । यो आम्दामीलाई चालु आर्थिक बर्षमा अझै बृद्धी गरेर लगिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । 

आमदानी गरेको रकम मध्य उपमहानगरपालिकाले एक अर्ब १५ करोड ९ लाख रुपैयाँ खर्च गरेको छ । निर्माण कार्यमा ठेक्का दिएका केही कामहरु भने चालु आर्थिक बर्षमा पनि जारी रहेको र खर्च गर्ने क्रममा रहेका छन् । बितेको आर्थिक बर्षमा बिभीन्न साना ठुला योजना गरी ४ सय ६८ वटा योजनाहरु सम्पन्न भएका छन् । त्यसैगरी सामाजिक बिकाश तर्फमा एक सय ३७ वटा योजनाहरु बितेको आर्थिक बर्षमा सकिएको उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायले बताउनुभयो ।

त्यस्तै उपमहानगरपालिकाको न्यायीक समितिमा बार्षिक रुपमा १९ वटा मुद्धा दर्ता भएका छन् । ती मध्यमा २ वटा मिलापत्र भएका छन् । तारेखमा छाडेका कारण खारेज भएको मुद्धा १० वटा रहेका छन् । यस उपमहानगरपालिकामा आधारभुत सामुदायिक, माध्यमिक बिद्यालय सामुदायिक, संस्थागत बिद्यालय ४७ वटा र ईसिईडी बिद्यालय एक सय १६ वटा गरेर जम्मा २ सय ४४ वटा बिद्यामलय रहेको मेयर महतले बताउनुभयो ।

उपमहानगरपालिकाले बितेको आर्थिक बर्षमा १९ वटै वडामा गरी ४९ हजार ९ सय ५७ वटा बिभीन्न खालका सिफारिसहरु गरेको छ । उपमहानगरपालिका कार्यालयबाट र बिभीन्न वडा कार्यालयहरुबाट नागरिकताका लागि सिफारिस, नागरिकता प्रतिलिपी सिफारिस, चौहद्दी सिफारिस, नाता प्रमाणित, खानेपानी धारा जडान, बिजुली जडान सिफारिस, जग्गा नामसारी सिफारिस, नाता सम्बन्ध, जन्म प्रमाणितको सिफारिस, अन्य बिभीन्न खालका सिफारिस सहित झण्डै ५० हजार वटा सिफारिस एक बर्षमा गरिएको हो ।

यता बितेको एक बर्षको अवधिमा नक्सा पेश २ हजार ९ सय ७२ वटा र नक्सा पास भने ३ हजार २ सय ४७ वटा गरिएको छ । 
 

सुचनाको हकमा तपाईलाई हरपल अब्बल राख्नेछौ

सम्बन्धित खबर

loading...
41965150_1621077364662923-1537270257.jpg

ताजा खबर सबै

ईन्जिनियर्सको चुनावमा हेटौंडाका तीन प्रगतिशिल ईन्जिनियर
innnnn-1544713167.jpg
नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावमा हेटौडाका तीन प्रगतिशिल ईन्जिनियरहरुले उम्मेदवारी दिएका ...
हेटौंडामा सतिश्राप मोचन महायज्ञको शुभारम्भ
48378145_899659130424737_-1544626284.jpg
ईच्छा मनकामना साधक परिवारको आयोजनामा हेटौंडामा सतिश्राप मोचन संकल्प महायज्ञ बुधबार बाट सुभारम्भ भएको छ ।...
स्थायी राजधानी हेटौंडा मै : मुख्यमन्त्री पौडेल, पुषभित्रै नामाकरण
hetauda-_hetaudakhabar-15-1544625637.jpg
 प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी...
उद्योग मन्त्री हेटौंडा आएर भने : सरकारले दुई तिहाइको दम्भ देखाउनु हुन्न
Matrika-Yadhav-5a93def751-1544624864.jpg
उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादबले अहिलेको सरकार दुई तिहाईको भएपनि दुईतिहाईको दम्भ देखाउनु...
याे सरकार केही बर्ष चलेमा राष्ट्र बिखण्डनकाे संघारमा पुग्ने कमल थापाकाे दावी
47683855_1271932479625494-1544461012.jpg
राप्रपाका अध्यक्ष कमल थापाले अहिलेकै परिस्थितीमा केही बर्ष चलेमा तिब्र रुपमा बिदेशी हस्तक्षेप बढ्ने र राष्ट्र...

लोकप्रिय खबर

1.
हेटौंडामा दुर्घटना : मकै बोकेको ट्रक पल्टिदा २ जनाको मृत्यु
46459448_2173938185958643-1542526854.jpg

हेटौंडा उपमहानगरपालिका ९ गुम्बा चोकमा ट्रक पल्टिदा २ जनाको ज्यान गएको छ । केहि समय अघि मकै बोकेर आइरहेको ना. ६ ख...
2.
शृंखलालाई हौसला दिन बाबु-आमा सहित ३१ जनाको टोली चिनतर्फ लाग्यो
missss-1544097579.jpg

मिस वल्र्ड नेपाल २०१८ श्रृङ्खला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छलछिमेकको टोली आज चिन...
3.
मकवानपुरका २ सांसदले सार्वजनिक गरे आफ्ना क्षेत्रको विकास योजना र बजेट
2-samsad-1542286283.jpg

मकवानपुरका प्रतिनिधि सभाका दुई सांसदले आफ्ना निर्बाचन क्षेत्रमा गर्ने विकास योजनाहरुको छनौट गरेर आज...
4.
अब हेटौंडाका सडकमा तीब्र गतिमा सवारी कुदाउन नपाइने, राडर गन प्रयोग गरि कारवाही
radar-gan-1544031395.jpg

ट्राफिक प्रहरी नभएको फाइदा उठाउँदै तपाईं हेटौंडा वरिपरी तीब्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ? त्यसो गर्दै...
5.
हेटौंडाबाट २ जना मोबाईल चोर पक्राउ
mobile-stolen_14741918074-1542719300.jpg

हेटौंडाबाट २ जना मोबाईल चोरलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ०६ बस्ने बर्ष १८ को बिशाल...